सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

3670
Shares
कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

पोखरा, २३ मंसिर (रासस)। प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले आठ हजार ७०१ मतले पछ््याइरहनुभएको छ ।
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ््याइरहनुभएको छ ।
त्यसस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले नौ हजार ५९३ मत सहित पछ््याइरहनुभएको छ ।
तीन वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।
प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिनुभयो ।

3670
Shares

ट्रेन्डिङ