सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • माओवादी केन्द्रको बैठक आज बस्दै

माओवादी केन्द्रको बैठक आज बस्दै

2920
Shares
माओवादी केन्द्रको बैठक आज बस्दै

काठमाडौँ, पुस ३ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि भावी कार्य दिशाबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ। मुलुकको राजनीतिअवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मत परिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो। प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ। सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने भूषाले जानकारी दिनुभयो । आजको बैठकबाट माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउनेछ ।

2920
Shares

ट्रेन्डिङ