सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • एकैदिन ४४८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

एकैदिन ४४८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

3680
Shares
एकैदिन ४४८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

काठमाडौं, जेठ ३० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ।योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको उनले जानकारी दिए ।

हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् ।देशभर हालसम्म एक लाख २१ हजार ८६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ ।पछिल्लो २४ घन्टामा पाँच हजार ९२५ पीसीआर परीक्षण गरिएको उनले बताए ।

देशभरका ‘क्वारेन्टिन’मा हाल एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा चार हजार १६९ कोरोना संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

3680
Shares

ट्रेन्डिङ