काभ्रे, २५ साउनः काभ्रेको बनेपामा रहेको शीर मेमोरियल अस्प्तालाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरेको छ । आज बसेको डिसीसीएमसी बैठकले लेभल ३ को कोभिड अस्पतालको मान्यताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
डिसीसीएमसी बैठकले बनेपाको जनागल स्थित संघीय प्र’हरी ईकाई कार्यालय शिल गर्ने निर्णय पनि गरेको छ । संघीय प्र’हरी ईकाई कार्यालयका ७ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि शिल गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुका स्वाब संकलन गरी परीक्षण गरिने बताएको छ ।
बैठकले काभ्रे जिल्लाभित्रका सरकराी कार्यालयहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको समेत अनुगमन र निरीक्षण गर्ने निर्णय गरेको छ । काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । त्यसमा २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।