सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • २ मतले हारेपछि गच्छदारले पुनः मतगणना गर्ने दिए निवेदन

२ मतले हारेपछि गच्छदारले पुनः मतगणना गर्ने दिए निवेदन

3240
Shares
२ मतले हारेपछि गच्छदारले पुनः मतगणना गर्ने दिए निवेदन

 

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए ।

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका हुन् । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् ।

दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।

 

3240
Shares

ट्रेन्डिङ