सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • धुलिखेलको मत गणना स्थलमा निर्वाचन अधिकृतको दादागिरि,आफू निकटका पत्रकारलाई मात्र सूचना

धुलिखेलको मत गणना स्थलमा निर्वाचन अधिकृतको दादागिरि,आफू निकटका पत्रकारलाई मात्र सूचना

12105
Shares
धुलिखेलको मत गणना स्थलमा निर्वाचन अधिकृतको दादागिरि,आफू निकटका पत्रकारलाई मात्र सूचना

काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना स्थलमा पत्रकारलाई निषेध गरिएको छ ।

निर्वाचन अधिकृतले आफू निकटका पत्रकारलाई मात्रै सूचना दिने गरेको पाइएको छ । निर्वाचन आयोगलार्ई पठाएको पत्रबारे आफू निकटका पत्रकारलाई जानकारी गराएर निर्वाचन अधिकृत मोहनराज भट्राइ शिक्षा तालिम केन्द्र धुलिखेल बाट भित्रै लुकुर बसेका थिए ।दिनभर मतगणना स्थलमा बसेका पत्रकारलाई केहि जानकारी नगराई भित्रै लुकुर बसेका हुन् ।

यता दिनभर नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्षलाई खबर गर्दा समेत वास्ता गरेका थिएनन्,भने केहिबेर अघि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना मत गणना स्थल पुगेपछि सबै पत्रकारलाई भित्र छिर्न दिएको रिपोर्टिङका क्रममा रहेका सबैको समाचारका संचालक रवि धितालले जानकारी दिए ।

उनले भने दिनभर हामीलार्ई भित्र छिर्न दिएन अब महासंघका अध्यक्ष आएपछी हामी रिपोर्टिङ गर्न उसको पछि पछि भित्र गएर रिपोर्टिङ गर्नु पर्ने अवस्था आएको छ ।यसबारेमा थप जानकारी लिन खोज्दा निर्वाचन अधिकृत मोहनराज भट्राइले फोन समेत बारम्बार काटेका थिए ।

हिजो धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ८ सम्म मान्दै आएको नियम वडा नम्बर ९ मा पुगेपछि एमालेले एकाएक नमान्ने भन्दै असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको थियो । हिजो साँझ ५ बजेदेखि मतगणना पूर्ण रुपमा ठप्प छ ।

२४ घण्टा बित्दा पनि अझै मत गणना सुरु हुन सकेको छैन । एमाले बाहेकका सबै दलले पुरानै नियममा रहेर मतगणना अघि बढाउनु पर्ने अडान राखेपछि हिजो जारी मतगणना स्थगित भएको थियो ।

मत गणनाका लागि अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकमा नेकपा एमालेका मेयर पदका उमेरदवार अशोक ब्यान्जु आएका छैनन् । उनले दलका २ जना प्रतिनिधि पठाएका छन् ।

12105
Shares

ट्रेन्डिङ