सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशंका

स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशंका

885
Shares
स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशंका

पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । आर्थिक अनियमित्ताका कारण खरिद गरिएको स्यानिटरी प्याडको भुक्तानी रकम रोकिएपछि वितरण गरिएको छैन । 

सप्लायर्स कम्पनीले सम्झौता बमोजिमको खरिद सामग्री उपलब्ध गराउनेक्रममा नियमित प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीसँग मात्र सम्पर्क गरी स्यानेटरी प्याड बुझाएको थियो । खरिद भुक्तानी रकम माग गर्ने कम्पनीले नगरपालिका कार्यालयको खरिद इकाई, जिन्सी शाखा, शिक्षा शाखाका अन्य कर्मचारी, कार्यालय प्रमुखलगायत कसैसँग समन्वय गरेको थिएन । 

नेपाल सरकारको शसर्त अनुदानअन्तर्गत आर्थिक वर्ष २०७९–८० को स्वीकृत कार्यक्रमअनुसार स्यानिटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग सम्झौता भएको थियो । सम्झौताअनुसार सेनिटरी प्याडको लम्वाइ २८० मिमि हुनुपर्नेमा भण्डार गरिएको प्याडको लम्वाई २३० मिमि मात्रै रहेको र एउटा प्याडभित्र ८ पिस हुनुपर्नेमा ६ पिस मात्र भएको पाइएको छ । भण्डारमा पाइएको स्यानिटरी प्याड सम्झौता संख्याभन्दा धेरै कम जम्मा १६ हजार ६ सय ७५ रहेको छ ।

स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेल गर्ने शिक्षा अधिकृत तिवारीलाई मेयर रामचन्द्र जोशीको विशेष सक्रियतामा अहिले कार्यकारी प्रशासकको जिम्मेवारी दिइएको छ । 

885
Shares

ट्रेन्डिङ