सबैको समाचार
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने

काभ्रेको नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने

955
Shares
काभ्रेको नमोबुद्धले एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने

काभ्रे : नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ ।

नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/ ०८१ को लागि दोश्रो नगर सभाको तेश्रो अधिवेशनबाट स्वीकृत भएको वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता गर्ने नगरपालिकाको तयारी छ ।

सुशासन र पारदर्शितामा जोड दिँदै नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा र चालु आर्थिक बर्षको प्रथम त्रैमासिकमा सम्पादन गरिएका कार्यहरुबारे सार्वजनिक सुनुवाइ हुनेछ ।

955
Shares

ट्रेन्डिङ