बाँके | बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
आफन्तको घरमा पाहुना आएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको हो ।
सो बारेमा थप अनुसन्धान भइरहेको तथा मृतकका आफन्तसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको छ ।