काभ्रे । सम्बन्धमा दरार आएपछि गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।
चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
२०७७ सालमा दुईबिच विवाह भएको थियो ।दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेपछि उनीहरुले सम्बन्ध बिच्छेद गरेका हुन् ।
निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।