सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१

बनेपा आएर ओलीले के-के गरे ?

8025
Shares
बनेपा आएर ओलीले के-के गरे ?

बनेपा , जेठ ५ । बनेपा नगरपालिकामा नेकपा एमालेका लक्ष्मि नरसिंह बादे तथा उपमेयर मा एमालेकि रेखा सापकोटा दाहाल बिजयी भएको खुशीयालिमा काभ्रेको बनेपा मा ऐतिहासिक सफलता हासिल गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले सम्पुर्ण नगरबासिहरुलाइ धन्यवाद ब्यक्त गरेका छन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरह नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा भोट ल्याएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
काभ्रेको बनेपामा शुक्रवार एमालेको विजय जुलुसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको लहर आउँदा कांग्रेसले चुनाव जित्नु आश्चर्यजनक भएको बताउदै नेकपा एमालेलाई जुन बिश्वास लिएर मतदान गरेर बिजय गराउनु भएको छ त्यो बिस्वास कहिले नबिर्सने र बनेपा बासीहरुमा जुन समस्या छ त्यसलाइ एमालेले पूरा गर्ने बताएका छन ।‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ’ ओलीले भने ‘यति गर्दापनि काग्रेस कसरी एमालेको हाराहारिमा आयो ? कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

मेयर तथा उपमेयरको बिजयी र्‍यालिमा बधाइ दिन आइपुगेका अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउमा पनि आतंक नमच्चाएको दावी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दावी गरेका छन ।  ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौ भनेर तपाइहरुलाई पश्चताप हुने वाला छ’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउछौं ।’

नेपाली कांग्रेसको गड मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागि हुन हजारौंको संख्यामा एमाले समर्थकहरु उक्त र्‍यालीमा सहभागी भएका थिए । बनेपाको नगरपालिकाकाबाट सुरु भएको बिजयी र्‍याली बनेपाको तिनदोबाटो हुँदै चण्डेश्वरी मन्दिर परिक्रमा गरि पुन बनेपा नगरपालिकामा आइ सम्पन्न भएको थियो ।बनेपाको मेयरमा एमालेका उम्मेद्वार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए ।

8025
Shares

ट्रेन्डिङ