सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजपाको लाठी जुलुस प्रदर्शन

राजपाको लाठी जुलुस प्रदर्शन

2840
Shares
राजपाको लाठी जुलुस प्रदर्शन

सिरहा, जेठ १४ गते । राष्ट्रिय जनता पार्टी नेपालले सिरहामा लाठी जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कवाट सुरु भएको लाठी जुलुस क्याम्पस गेट, हेमनारायण चौक, ईमली चौक, महावीर चौक हुँदै मखनाहा चौक सम्म पुगेको थियो । “स्थानीय चुनाव धोका हो” नारा लगाउदै राजपाका सयौं नेता कार्यकता मोटरसाइकलमा चढेर लाठी जुलुस प्रदर्शन गरेको हो ।
संविधान संशोधनको माग गर्दै आन्दोलन घोषणा गरेको राजपा नेपाल यथास्थितिमा निर्वाचन हुन नदिने र स्थानीय निर्वाचन धोका रहेको लाठी जुलुस पश्चात् भएको कोण सभामा राजपा युवा नेता सुरेश मण्डलले बताए । मशाल जुलुसवाट आन्दोलन सुरु गरेको राजपाले पहिलो चरणमा अगामी १८/१९ गते सम्मको लागि आन्दोलन घोषणा गर्दै प्रदर्शनमा उत्रेको छ ।

2840
Shares

ट्रेन्डिङ