सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • काम सक्ने नाममा मेलम्ची खानेपानिको ज्यादती बढ्दो

काम सक्ने नाममा मेलम्ची खानेपानिको ज्यादती बढ्दो

3945
Shares
काम सक्ने नाममा मेलम्ची खानेपानिको ज्यादती बढ्दो

जेठ २६, मेलम्ची (किरण थापा) । मेलम्ची खानेपानि आयोजना काठमाण्डौं बासिको सपना बनेको छ । काठमाण्डौं वासिको सपना त पुरा हुनै लाग्यो तर अम्वाथान प्रवेशद्धारको नजिकै बसेकालाई भने चिन्ता बढेको छ । आयोजनाको काम छिटो सम्पन्न गर्ने भन्दै सुरुङबाट निस्किएको मकिङ ठेकेदार कम्पनी सिएमसीले जथाभाबी फाल्न थालेको छ । त्यसरी मकिङ्ग खोलामा फाल्न थालेपछि त्यस वरपरका बासिन्दहरु बर्षामा खोला थुनीएर बगाउला भन्ने त्रासमा छन् ।
सुरुङ्गमार्गको नजिकै बसेकी आशा गुरुङ्गको घरको नजिकै सुरुङ्गबाट निस्कीएको माटोढुङ्गाको थुप्रोले घरै पुरीन लागेको छ । अव्यवस्थीत रुपमा फालिएको माटोढुङ्गाले बर्षायाममा खोला थुनिने निस्चित भएको छ । खोलामा विना तारवार नै मकिङ्ग फालिएको छ । भुकम्पमा आफ्नो स्थायी बसोवास गुमाएपछि आशा गुरुङ्गको परीवार त्यांहा बस्दै आएकोछ । त्याँहा पनि बस्न नपाईने डरले अब बता जाने टुंगो लागेको छैन । अम्बाथानको सुरुङ्गमार्गको प्रवेशद्धार नजिकै रहेको बस्तीमा बर्ष लागेसंगै त्रासैत्रासमा दिन बित्न थालेका छन ।
बर्षयाम नजिकिंदै छ तर पनि मेलम्ची खानेपानि आयोजनाले मकिङ्गलाई उचित व्यावस्थापन गर्न सकेको छैन । आयोजनाको ज्यादतीले गर्दा बर्षमा घरमै पुरीएर मरीने हो कि डर भएको स्थानिय निमा लामा शेर्पाले बताउनुभयो । यो विषयमा स्थानिय स्तरबाट पनि आवाज उठेका छन तर भर्खरै निर्वाचित मिङ्गमार लामाले दवाव सहितको टोलि लिएर पुग्दा आयोजनाको प्रवेशद्धारमै रोकिनुपर्यो ।
अरु स्थानियले त अनेकौं समस्या भोगेका छन तरपनि स्थानियको मागको सम्बोभन नभएको लामाले बताउनुभयो । मेलम्ची खानेपानि आयोजनाले वरीपरीको क्षेत्रमा केहि सुविधा त दिएपनि स्थानियको समस्यामा पनि आयोजनाले ध्यान दिएको छैन । बर्षा सुरु हुनु अघि नै यस्ता समस्याको समाधान गर्नमा सम्बन्धित पक्षले समयमै ध्यान नदिए स्थानियले अझै कति दिन त्रासमा दिन विताउन पर्छ भन्ने टुंगो लागेको छैन ।

3945
Shares

ट्रेन्डिङ