सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • सिडिओको निर्देशन जिशिअले टेरेनन्, दैनिक डेलिकेसन, विद्यालयमा ताला

सिडिओको निर्देशन जिशिअले टेरेनन्, दैनिक डेलिकेसन, विद्यालयमा ताला

5485
Shares
सिडिओको निर्देशन जिशिअले टेरेनन्, दैनिक डेलिकेसन, विद्यालयमा ताला

काभ्रे, २० साउन । आईतबार प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले गुृरुङ्गलाई पटक पटक फोन गरे पनि रिसिभ गरेनन । विभागमा समेत प्रजिअले टेलिफोन गरेर उजुरी गरेका छन् तर कार्यान्वयनको आशा छैन । एक महिना देखि शिक्षा अधिकारीको पर्खामा बसेका विभिन्न विद्यालयका शिक्षकहरुले शिक्षा अधिकारीको रबैयाबाट दुख र हैरानी ब्यहोर्नु परेको बताएका छन् । शिक्षा अधिकारी दिपेन्द्र गुरुङले भने कहिल्यै फोन उठाएनन् ।हाजिरी हुन्छ ,अधिकारी भेटिदैन
शिक्षा अधिकारी असार ३२ पछि कार्यालयमा छैनन तर उनको हाजिरी साउन ५ सम्म देखिन्छ । फिल्ड र मन्त्रालयमा काज भन्दै हाजिरिकापीमा उल्लेख गरी बेपत्ता भएका अधिकारीले ग्रैह्कानुनी रुपले ८५ शिक्षकको सरुवा गरेका छन् । स्थानीय तह अनुसार मनलाग्दी श्रोत ब्यक्ति खटाएका छन् । ‘मैले शिक्षा अधिकारी नभेटेको १५ दिन जति भयो’–सहायक जिल्ला शिक्षा अधिकारी फटिकबहादु केसीले भने । ‘शिक्षकहरु काम लिएर आउनुहुन्छ समस्या समाधान गर्ने अधिकार समेत नदिई जिशिअ वेपत्ता हुनुहुन्छ’– एक कर्मचारीले भने । जिल्ला प्रशासनले गैह् कानुनी रुपमा सरुवा गरेका शिक्षकहरुको विवरण माग गर्दै पत्र पठाएको छ । तर कार्यालय प्रमुख गुरुङ्ग न कसैको फोन उठाउँछन् न कार्यालयमा पुग्छन् । धुलिखेलमै रहेको एक होटलमा बसेर उनी शिक्षकहरुको सरुवा र दरवन्दी मिलाउन ब्यस्त छन् ।

उजुरी पर्छन, कार्बाही गर्दैनन्
तेश्रो पटक सम्म काभ्रेमा शिक्षा अधिकारीको रुपमा कार्यरत डा. दिपेन्द्र गुरुङ्गको मनपरितन्त्र र कार्यालयमा नभेटेको भन्दै विभाग र मन्त्रालयमा उजुरी परेको छ । मौखिक उजुरी प्रमुख जिल्ला अधिकारीले पटक पटक गराउँदा पनि शिक्षा अधिकारीलाई कारवाही हुन सकेको छैन । धेरै पटक विभिन्न विद्यालयले मौखिक तथा लिखित उजुरी दिएपनि सम्बन्धीत नकिायले कार्बाही नगरेका कारण शिक्षा अधिकारीले मनपरि गर्न थालेपछि शिक्षा कार्यालय लथालिङ्ग अवस्थामा पुगेको एक शाहयक जिल्ला शिक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

सरुवा गर्दै पठाउँदै गुरुङलाई
शिक्षा बिभागबाट पनि गुङलाई काज पठाई रहनले पनि समस्या देखिएको कर्मचारीहुरु नै बताउँछन । कर्मचारीहरु भन्छन–‘पटक पटक उजुरी दिँदा समेत कार्बाही नै नगरी सरुवा गरी काभ्रे पठाउँछन । पहिलो पटक २०७१ माघ ५ गते काभ्रेपलाञ्चोक जिल्लाको शिक्षा अधिकारी भएका डा.गुरुङ्ग २०७२ फागुन ५ गते सरुवा भएका थिए । पुनः २०७३ बैशाख २९ गते हाजिर भएका गुरुङ्ग जेठ २१ गते सरुवा भए ।

दैनिक प्रशासनमा उजुरीको चाङ
तेश्रो पटक २०७३ साउन १ गते नै जिल्ला फर्किएका गुरुङ्गले शिक्षा कार्यालयलाई लथालिङ्ग, भताभुङ्ग र अनियमितता गरेको भन्दै पटक पटक प्रमुख जिल्ला अधिकारी शिव सिंखडालाई उजुरी गरेका थिए । ‘दैनिक दुईवटा उजुरी शिक्षा अधिकारी र कार्यालयका गतिविधिका बारेमा आउने गरेको छ’–प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले भने । आईतबार मात्रै धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतका अध्यक्ष विष्णु काभ्रेलीको नेतृत्वमा हनुमान उमावीका शिक्षकहरुको डेलिगेसन शिक्षा कार्यालय पुगेर प्रमुख जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पुगेको थियो ।

हनुमान माविबाट विद्यालय ब्यवस्थापन समितिको र विद्यालयको सहमति विना नै निमावीमा अंग्रेजी विषयमा अध्ययनरत शिक्षकको बनेपामा रहेको आजाद मावीमा सरुवा भएको छ । विद्यालयमा शिक्षक नभएपछि विद्यार्थीहरु अंग्रेजी विषय अध्ययन गर्नबाट बञ्चित भएका छन् । निमावी शिक्षकले माविसम्म अध्यापन गराउनु पर्ने बाध्यता छ ।

उता रोशी गाउँपालिकामा रहेको सिद्धार्थ प्रावि शिक्षा अधिकारी दिपेन्द्र गुरुङ्गकै कारण साउन १ गते देखि बन्द भएको छ । ४८ जना विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयलाई शिक्षा कार्यालयले दरवन्दी उपलब्ध गराएको थिएन । तर पिसिएफ कोटाका एक जना शिक्षक, गाउँ विकास समितिले बार्षिक दिने एक लाखबाट थप दुई शिक्षक कार्यरत थिए । कार्यालयले पिसिएफ कोटा र गाविस गाउँपालिका भएपछि बजेट कटौती गरिदिएपछि रोशी गाउँपालिकाको शिसाखानीमा रहेको उक्त विद्यालय साउन १ गतेबाट शिक्षक अभावकै कारण बन्द हुन पुगेको अध्यक्ष विरमान तामाङले बताए । शिक्षक नै नभएपछि विद्यार्थीहरुले कहाँ गएर को सँग अध्ययन गर्ने भन्ने चिन्ता थपिएकाले शिक्षा कार्यालय र गाउँपालिका कार्यालय धाएको उनले बताए ।

5485
Shares

ट्रेन्डिङ