सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • संसारकै सेक्सी ट्याक्सी चालक

संसारकै सेक्सी ट्याक्सी चालक

12435
Shares
संसारकै सेक्सी ट्याक्सी चालक

एजेन्सी, मनिला । फिलिपिन्सकी जोयस तादिओ लामो समयदेखि मेडिकल प्रतिनिधिका रूपमा काम गर्थिन् । तर, रात–दिनको दौडले उनलाई साहै् भ्याइनभ्याई भयो । मनोविज्ञानमा स्नातक गरेकी उनले करियर परिवर्तन गर्ने निधो गरिन् । र, विगत ८ महिनादेखि ट्याक्सी चालकका रूपमा काम गर्न थालिन् । पुरुषहरूको बाहुल्य रहेको सवारी उद्योगमा उनको आगमनले यात्रुहरू औधी प्रभावित भए । यात्रुहरूले उनले ट्याक्सी चलाएका तस्बिर सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा सेयर गर्न थाले । र, उनी रातारात फिलिपिन्सकी सेलेब्रेटी बन्न थालेकी छिन् ।

उनलाई अहिले विश्कै सर्वाधिक हट उबर ट्याक्सी चालक बताइन्छ । अहिले नियमित यात्रुहरू उनको ट्याक्सीमा चढ्न तँछाडमछाड गर्छन् । युबरको एपमा उनी यात्रुले सर्वाधिक माग गरिएकी चालक बनेकी छिन् । दिनमा १२ घन्टा ट्याक्सी चलाउने तादियो भन्छिन्, ‘सामान्यतया यात्रुहरूलाई पुरुष चालकले सेवा दिँदै आएका थिए । तर, यो क्षेत्रमा मेरो प्रवेशपछि सर्वसाधरण मानिस चकित भएका छन् । ’ धेरै यात्रुले माया गरेको उनको अनुभव छ । ‘मलाई धेरैजनाले माया गर्नुहुन्छ । यात्रुले मप्रति देखाएको आकर्षणप्रति आभारी छु,’ उनी भन्छिन् । उनको ट्याक्सीमा चढ्ने प्रायः यात्रु भाडा तिरेपछि गन्तव्यमा जानुअघि तस्बिर खिचाउन अनुरोध गर्छन् । ‘यात्रुसँग तस्बिर खिचाउन पाउँदा निकै आनन्द लाग्छ । उनीहरूको सम्मानले मन फुरुङ हुन्छ,’ उनी थप्छिन् ।

ट्याक्सीमा यात्रा गर्ने अधिकांश पुरुष यात्रुमध्ये केहीले उनको फोन नम्बरसमेत माग्छन् । ‘तर म केवल हाँसेर टारिदिन्छु । म कोहीसँग पनि डेटिङ गएकी छैन किनकि चालक र यात्रुबारे फिलिपिन्समा कडा नियम छ ।’ तादेओलाई उनका पुरुष साथीले चालक बन्न सुझाब दिएका थिए । साथीको कमाइका कारण उनी प्रभावित भएकी थिइन् । प्रायः सबै यात्रुसँग दिल खोलेर बोल्ने गर्छिन् । सडकमा ट्र«ाफिक जाम हुँदा यात्रुसँग हल्का गफ गरेर समय बिताउँछु, उनी भन्छिन् । उनी सामान्यतया बोनिफासियो जिल्लामा कार चलाउँछिन् तर आवश्यक प¥यो भने अन्य स्थानमा पनि जान्छिन् ।

तर, सबै यात्रुले उनलाई बुक गर्न पाउँदैनन् । ‘प्रायः यात्रु मेरो ट्याक्सीमा चढ्न रुचाउँछन् । तर, मेरो नजिकको रुटमा जो हुन्छन् उनीहरूलाई नै सेवा दिन्छ,’ उनी भन्छिन् । ट्याक्सी चलाउने क्रममा उनले केही डरलाग्दा अनुभव पनि भोगेकी छिन् ।‘ मैले होटल र रेस्टुरेन्टबाट केही जोडीलाई लामो दूरीसम्म यात्रा गराउँछु । तर, उनीहरू ट्याक्सीभित्रै आपत्तिजनक व्यवहार देखाउँछन्,’ उनी भन्छिन् । उनी यात्रुसँग ठ्ट्टा पनि गर्छिन् । ‘मलाई ठट्टा गर्न मन लाग्छ । यात्रुहरूसँग प्रायः रमाइला गफ गर्छु । २४ सै घन्टा ट्याक्सी चलाउ सक्छु । यात्रुहरू आफ्नो सौन्दर्यले मन्त्रमुग्ध भएको उनको अनुभव छ । त्यही भएर लामो समयसम्म टाफिक जाममा पर्दा पनि यात्रुहरूलाई दिक्क नदाग्ने उनको दाबी छ ।
-नयाँ पत्रिका

12435
Shares

ट्रेन्डिङ