सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • सवारी काराबाहीबाट सवा दुई लाख राजश्व संकलन

सवारी काराबाहीबाट सवा दुई लाख राजश्व संकलन

3930
Shares
सवारी काराबाहीबाट सवा दुई लाख राजश्व संकलन

८ कात्तिक,कालिकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले चालु आर्थिक वषको तीन महिनामा नियम विपरीत सवारी साधन चलाउनेलाई कारबाही गरी २ लाख २३  हजार २ सय रुपैयाँ राजश्व संकलन जनाएको छ ।

तीन महिनामा ४ सय ६५ सवारी चालकलाई गरेको कारबाहिबाट उक्त रकम राजश्व असुल भएको ट्राफिक प्रहरी प्रमुख नन्द्रराम जैसिले जानकारी दिनुभयो ।

गत साउनमा १७ सवारी चालकलाई कारबाही गरी १० हजार ५ सय, भदौमा १ सय ७८ सवारी चालकलाई कारबाही गरी १ लाख ६ हजार रुपैयाँ र असोजमा २ सय ७० सवारी चालकलाई कारबाही गरी १ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी गराएको छ । यस्तै कालिकोटको मान्म बजार सानो र साँगुरो छ ।

उहाँले भन्नुभयो ‘ बजार साँगुरो भएका कराण बजार क्षेत्रमा ट्राफिक संकेत राखिएको छ, गाडिको गत्ति न्यून्तम १० किलोमिटर प्रति घन्टा चलाउनु पर्छ ।

-जनता समाचार बाट

3930
Shares

ट्रेन्डिङ