सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

4570
Shares
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, असार १३ : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्।

नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो।

परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।

4570
Shares

ट्रेन्डिङ