सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पुष्प व्यवसाय र स्वरोजगारको सम्भावना

पुष्प व्यवसाय र स्वरोजगारको सम्भावना

10545
Shares
पुष्प व्यवसाय र स्वरोजगारको सम्भावना

भेषराज दनुवार

भौगोलिक तथा जैविक विविधता
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिकोणले ज्यादै सम्पन्न छ । भूमध्य रेखा देखि ध्रुवीय क्षेत्रसम्मको १०००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलाई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि हिमाली क्षेत्र बीच १०० किलोमिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भूभाग केवल ०।१५ मात्र हो नेपाल पहिचान भएको करिव ५ हजार ५ सय प्रजातीका फुल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ ।

जसमा ३ सय २४ प्रजातीहरु अन्य मुलुकमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउछ । जैविक विविधता रहेको नेपालमा सबै खाले फुल विरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसुकै फुलहरु गर्न सकिने संभावना रहेको छ ।

पुष्प व्यवसायको क्षेत्र
पुष्प व्यवसाय भन्नाले फुलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्यु कल्चर आदि समेतलाई समेटदछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बालि हुर्काउने स्थललाइ जनाउदछ । पुष्प व्यवसायको क्षेत्र अन्र्तगत आलंकारीक बोट विरुवा, मौसमि फुल, कट फ्लावर, ड्राइृफ्लावर, आदी बोट विरुवाहरु पर्न जान्छन । मौसमि फुलहरुमा पनि एकथरी मौसममा फुल फुल्दछ र फुल फुलि सकेपछि बोट मर्दछ भने अर्को थरी बोट सधै बांचिरहन्छन् तर फुल भने फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन फुललाई काटिसकेपछि पनि निश्चित समय सम्म पानीमा राख्दा धेरै दिन सम्म रहन्छ त्यस्तो फुलहरुलाई कट फ्लावर भन्ने गरीन्छ ।

त्यस्तै कुनै फुललाई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्तो फुललाई ड्राई फुल भनिन्छ । समग्रमा भन्दा घरको भन्दा भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय, सजावटमा प्रयोग हुने विवाह, ब्रतमन्ध, पास्नि, आदी शुभकामना आदान प्रदान, विदाइ , स्वागत समबेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा चढाउदा प्रयोग गरिने र यसको प्रयोगका लागी सहायक बस्तुहरुको उत्पादन, सजावट र विक्रि समेत फूल हरु पर्दछन् ।

पुष्प व्यवसायको बर्तमान अवस्था
नेपालको भौगवोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिले पुष्प व्यवसायको लागी उपयुक्त छ । धेरै संभावना बोकेको पुष्प व्यवसाय एक निर्यात मुखि व्यवसाय पनि । पुष्प व्यवसायि संगठन को स्थापनाकाल देखिनै पुष्प व्यवसायमा आई परेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै समस्याहरुलाई चिर्दै संभावनालाई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायिहरुको हकहितको लागी निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र विकास तथा प्रर्बद्धन गर्दै आईरहेको छ । नेपाल वि.सं. २०११ साल देखि सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार संगै काठमाडौं उपत्यका भित्र मात्र सिमित नरहि पोखरा, नारायणघाट, हेटौंडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका शहरहरुमा फैलदो स्थितीमा रहेको छ ।

नेपाली पुष्प व्यवसाय आर्थिक वर्ष २०७४ ७५ सम्म आई पुग्दा लगभग ६९७ पुष्प व्यवसायिहरु पुष्प व्यवसाय गरिरहको र ४३ जिल्लामा पुष्प खेति विस्तार भैसकेकोछ । हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३, ५०० भन्दा बढि प्रत्यक्ष अप्रत्यक्ष तथा स्वरोजगारका रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरु रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आव ७४ ७५ मा २३.८१२८ करोड, खुल्ला फुल तर्फ रु ८६.७१९९ करोड भन्दा बढिको कारोवार गर्न सफल रहेको छ । आव २०७४ ७५ मा ११ कोड बरावरको पुष्प तथा पुष्प जन्य बस्तुको आयात भएको छ ।

समग्रमा पुष्प व्यवसायको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ । पुष्प व्यवसायमा प्राय स्थानिय स्रोत र साधनको प्रयोग भैरहेकोले गर्दा स्थानिय स्तरको विकासको क्रमब बढदो छ । हाल आएर पुष्प तथा पुष्प जन्य व्यवसायमा संलग्न दक्ष तथा अर्धदक्ष कामदारहरुले बैदेशिक रोजगार पाउने क्रम पनि बढदो छ ।

पांचखालमा पुष्प व्यवसाय विस्तार किन
बढदो शहरी करण र दिनुनु दिन प्रयोग गरीने पुष्प को आयात नजिकैको बनेपा धुलिखेल सहित काठमाडौं बाट आयात हुने पुष्प जन्य सामग्रीले पांचखालको नगद बाहिरीएको बर्तमान अवस्था रहेको छ । पांचखालमा बर्तमान अवस्थामा विश्लेषण गर्ने हो भने बे मौसमि रुपमा पुष्प प्रयोग गर्नु पर्ने अवस्था आएको खण्डमा नजिकैको शहरबाट आयात गर्नुको विकल्प पनि छैन । विगत १० वर्ष अगाडी व्यावसायिक पुष्प व्यवसाय गने व्यवसायिक पनि सरकारी निति तथा स्थानिय सरकारको पर्याप्त मात्रामा सहयोग नपाएको कारण व्यवसायिक रुपमा विस्थापन भई अन्य बैकल्पिक मार्गमा लागी सकेको अवस्थामा रहेको छ ।

पांचखालको पलांचोक भगवती मन्दिर मा मात्र बार्षिक रुपमा ७० दिनमा प्रयोग हुने पुष्प माला प्रति दिन ५०० वटा को दरमा खपत हुदा पनि प्रति माला मात्र ३० को दरमा १०,५००० दश लाख पचास हजार रुपैयाको माला प्रयोग हुने देखिन्छ भने पांचखालमा बर्तमान अवस्थामा व्यवसायिक फुल खेति नै छैन । यो खपत कहा बाट प्रयोग भईरहेको छ । पांचखालका विद्यालय, सहकारी, निजि व्यवसायिक समुह, व्यक्तिगत रुपमा गरिने प्रयोगको आधारमा पांचखालमा फुलको खपत मात्र हेर्ने हो भने बार्षिक ३० लाख भन्दा बढिको कारोवार हुने शहरको रुपमा विकास भईरहेके अवस्था छ । यस प्रकारको विकसित बजार र शहरमा व्यवसायिक रुपमा १ वटा पनि पुष्प व्यवसाय नभएको आधारमा पुष्प व्यासाय स्वारोजगार रस्थानिय बजारमा आयात न्यूनिकरण गर्ने मुख्य लक्ष रहेको छ ।

 

काभ्रेमा शित भण्डार पहिलो रुपमा सञ्चालन
काभ्रे जिल्लामा २०५७ सालदेखि व्यवसायिक रुपमा पुष्प खेति गरीएको ईतिहास छ जुन ईतिहास अनुसार धुलिखेल नगरपालिका वडा नं. ५ मा खेती गर्नु हुने विरेन्द्र बहादुर श्रेष्ठ एक ज्वलन्त पुष्प व्यवसायिक उदाहरण व्यक्तित्व हुन । निजको पुष्प व्यवसायिक जिवनमा विभिन्न उतारचडाव नआएका हैनन । विभिन्न आरोह अवरोह भईरहदा पनि जिवन संगिनीको साथ र सहयोगको कारण आज सफल हुने दौरानमा हिडेको दखिन्छ । काभ्रेको बजारलाई व्यवस्थित बजारी करण निति लिने हो भने बार्षिक एक करोड बरावराको उत्पादन अनुसारको कारोवार गर्न सकिने देखिन्छ ।

पुष्प व्यवसायमा काभ्रेमा ९ जना व्यवसायिक कर्मि रहेको देखिन्छ भने संगठनमा अफसिजनल खेति गर्ने संगठनको रुपमा १६ जना आवद्ध रहेका छन् । काभ्रेमा धुलिखेल, बनेपा, पांचखाल, तथा रोशी गाउपालिकामा व्यवसायिक खेति भएको छ । अन्य स्थानिय तहमा यस व्यवसायको विस्तार र विकास गर्नु पर्ने आवश्यक्ता बढिरहेको छ । यसरी व्यवसाय गर्ने हो भने नेपालको आवश्यक माग पुरा गर्न सकिने र स्वरोजगार सृजना हुने देखिन्छ । फुलको बजार नेपाली पात्रो अनुसार साबहार चल्दैन । यस अवस्थामा धेरै नोक्सान हुने देखिन्छ । उत्पादन भएको फुल खेतवारीबाट टिप्दानै फ्याक्नु पर्ने देखिन्छ । यसकारण पनि किसान मर्कामा परेको देखिन्छ । यस अवस्थाको सृजना समस्या, र जोखिम कम गरी बजारी करणमा सहजता बृद्धि गर्न कृषि ज्ञान केन्द्र, प्रदेश कृषि मन्त्रालयको लागत साझेदारीमा होरिजन नर्सरी शित भण्डार सञ्चालन शुरु भएको छ यस कार्यको औपचारी उदघाटन कार्यक्रमको लागी कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण भद्र अधिकारी, तथा कृषि ज्ञान केन्द्र प्रसार विभागका प्रमुख प्रतिभा खनाल, वडा अध्यक्ष धुलिखेल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गंगा सागर रंजितकार सहित फ्लोरीकल्चर एसोसिएसन नेपाल केन्द्रका महासचिव सहित काभ्रेका व्यवसायिक संगठनका पदाधिकारी, राष्ट्रिय समाचार समिति काभ्रे प्रमुख राजकुमार पराजुली, ग्लोवल फ्लोराका व्यवसायि सहित काभ्रेका सञ्चार कर्मिको उपस्थितीमा शित भण्डार उदघाटन सहित सञ्चालनमा ल्याइएको छ ।

काभ्रेको व्यवसायिक सम्भावना
यस शित भण्डार मार्फत काभ्रेका व्यवसायिको बजार नचल्ने समयमा भण्डारण गर्न सकिने र बजारी करण गर्न सकिने र सबै व्यवसायिले लागतको आधारमा प्रयोग गर्न पनि सकिने व्यवस्था गरिएको छ । यस कार्यको लागी कृषि ज्ञान केन्द्रको प्रमुखको उदघोषलाई होरिजन नर्सरीका सञ्चालक विरेन्द्र बहादुर श्रेष्ठले किसानको हक हित र व्यवसायिक प्रबद्र्धनमा निरन्तर लाग्ने र ल्याउनको लागी अनुरोध पनि गर्नु भएको छ ।

समग्रमा व्यवसायिक विस्तार र प्रर्बद्धन र विकास गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले नेपाली पुष्प व्यसायिलाई उत्साह उर्जा दिन नितिगत रुपमा पुष्प निति र सहयोग गर्नको लागी आवश्यक सहयोग जरुरी देखिन्छ । यस कार्यको लागी स्थानिय सरकार मार्फत बजेट निति तथा कार्यक्रममा राख्नु पर्ने आवश्यक्ता बढदै गईरहेको छ । काभ्रेको बर्तमान बजार अवस्था हेर्ने हो भने एक सय रोपनी भन्दा बढी खेती हुदा बार्षिक काभ्रेको आय दुई करोड पचास लाख भन्दा बढि आय देखिन्छ र यस व्यवसायमा सम्भावना व्यापक रहेको देखिन्छ ।

10545
Shares

ट्रेन्डिङ