सबैको समाचार
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • घ्यु उद्योगमा छापा, उद्योगका सञ्चालक सहित २ कामदार पक्राउ 

घ्यु उद्योगमा छापा, उद्योगका सञ्चालक सहित २ कामदार पक्राउ 

2895
Shares
घ्यु उद्योगमा छापा, उद्योगका सञ्चालक सहित २ कामदार पक्राउ 

सुनिल श्रेष्ठ , पर्सा  , पुुस , ७  ,  वीरगन्ज महानगरपालिका वडा नं. १२ ब्रम्हृचोक स्थित रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ । पुजा र खान्नको  लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिसावट रहेको आधारमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले उद्योगमा छापा मारेेेको  हो ।

सो क्रममा डाल्डा, रंग तथा सुगन्धित केमिकल प्रयोग गरि शुद्ध घ्यू उत्पादन गरिरहेको भेटिएको थियो । जुन अखाद्य वस्तु हो । शुद्ध घ्यू भनेर प्रचारबाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यूमा बिभिन्न ब्रान्डले नेपाल भरी बिक्री बितरण गदै अएको थियो ।

कारखानामा छापामारी गर्न जांदा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यूलाई प्याक गरि सिल गर्ने मेशिन लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।

छापाकाा क्रममा प्रहरीले उद्योगसँग आबद्ध ३ जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा उद्योगका संचालक अनिल श्रेष्ठ तथा कामदारहरु रमेश श्रेष्ठ र राम विलास रहेका छन् । पक्राउ परेका तिनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

2895
Shares

ट्रेन्डिङ