सबैको समाचार
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • संकटमा पनि जनावर प्रति को प्रेम

संकटमा पनि जनावर प्रति को प्रेम

6850
Shares
संकटमा पनि जनावर प्रति को प्रेम

 चैत्र, २२, काभ्रे, सनम सुवाल। हो साच्चिकै अहिलेको समय कोरोना भाईरस का कारण संसार नै अफ्ट्यारो अबस्थामा छ मानिसहरूका समस्या त छदैछ तर जनावर पनि त्यस्तै अबस्थामा छन हामीले फालिएको खानेकुरा खाएर बाँच्ने ती कुकुरहरू जो हामीलाई घर बाहििरबाट सुरक्षा दिईरहेका हुन्थे अहिले तिनिहरूको अबस्थामा कस्तो छ? कतिपयले त खान पाएका नै छैनन् तर कति पय यस्ता मानिसहरू पनि छन जो मानिसलाई जसरिनै जनावरको सेवा गरिरहेका छन हामी रिपोर्टिङ का लागि बनेपा बाट पनौति तर्फ लाग्दै थियौं तर बाटोमा यस्तो दृश्य देख्यौं जहाँ एक जना ब्यत्ति कुकुर हरूलाई खानेकुरा खुवाउदै थिए ।

त्यो देखेर हामी नजिकै गएर हेर्यौ उहाँ निर्देशक राज तिमल्सिना हुनुहुन्थ्यो हामीले उहाँ लाई सोध्यौ तपाई सधैं यसरिनै कुकुरहरू लाई खाना खुवाउनु हुन्छ? उहाँको जवाफ थियोे मलाई जनावर मन पर्छ तर कोरोना पछि यिनिहरू बेसाहारा बनेको देखेर माया लाग्यो ,हामीले फेरि सोध्यौँ यहाँ कोही मानिस बाहिर निस्केको छैनन् तपाईं मात्र यिनिहरूलाई खाना दिनुहुन्छ ?

उहाँ को जवाफ थियोे “सबै मानिस एकै किसिमका हुदैनन् अा अाफ्नो मन अनि सोच संग चल्ने हो मलाई के लाग्छ भने मान्छेहरू धर्मका नाउँमा विभिन्न मठ मन्दिर धाउछन तर मलाई सेवा नै धर्म हो ।उहाँको कुरा सुन्दा लाग्छकि मानवता भन्ने कुरा अझै पनि मानिसहरूमा जीउँदै छ । तपाई हामीले पनि यस्तो अवस्थामा अफ्ट्यारो परेको हरूलाई कसरी सकिन्छ त्यहि अनुसार सहयोग गर्नुपर्छ।

6850
Shares

ट्रेन्डिङ