सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • “समस्या आउनु वातबिक कुरा हो तर समस्यालाइ सहज रुपमा समाधान गर्नु ठूलो चुनौती हो” : एस गंगा पन्त

“समस्या आउनु वातबिक कुरा हो तर समस्यालाइ सहज रुपमा समाधान गर्नु ठूलो चुनौती हो” : एस गंगा पन्त

13400
Shares
“समस्या आउनु वातबिक कुरा हो तर समस्यालाइ सहज रुपमा समाधान गर्नु ठूलो चुनौती हो” : एस गंगा पन्त

जिल्ला प्रहरी कार्यलय पर्सा प्रहरी उपरीक्षक गंगा पन्तसंग सबैको समाचारका संवादाता सुनिल श्रेष्ठले गर्नु भएको कुराकानी :-

पछिल्लो पर्साको सुरक्षा अवस्था कस्तो छ ? 
पर्सामा पहिलोपटक महिला प्रहरी प्रमुखको रूपमा आउनुभएकोमा कस्तो अनुभूति गर्दै हुनुहुन्छ?
मैले यसलाई सामान्य रूपमा लिएकी छु। म यहाँ आएपछि यहाँका दिदीबहिनीहरू बढी उत्साहित भएको पाएको छु।

प्रहरी सेवामा कहिले प्रवेश गर्नुभयो?
मेरो जन्म तनहुँमा भएको हो। विद्यालय जीवन त्यहीँ बिताएँ। त्यसपछि पद्मकन्या क्याम्पस, काठमाडौंमा स्नातक गरेर २०५६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको हुँ।

अहिलेसम्म तपाईँले हल गर्नुभएको सम्झनलायक घटना वा मुद्दाहरू के–के हुन्र?
विशेष गरी, म तीन वर्षसम्म अपराध अनुसन्धान शाखामा बसेँ। त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकमा २ करोड २० लाखको एउटा चोरी भएको थियो। त्यसको प्रमुख अनुसन्धानकर्ता मैं थिएँ। द्वन्द्वकालमा काठमाडौंमा थुप्रै लुटपाटका घटना घटे। त्यसमध्ये धेरैजसो मुद्दाहरू मैलेनै हल गरेकी थिएँ। त्यसपछि म जहाँ–जहाँ गएँ, त्यहाँको अपराध घटेको अवस्था छ। पर्सामा भने हेर्न बाँकी छ।

तपाईंलाई चितवन सरुवा गरिएको थियो । चितवन छोडेर पर्सा आउनुको कारण के यसलाई कुन रुपमा लिनु हुन्छ ?
यसलाई मैले सामान्य रूपमा लिएकी छु। विशेष कारणबस् म चितवन जान पाइनँ। आदरणीय पूर्वआइजिपी सा’बले मलाई चूनौतीपूर्ण जिल्ला पर्साको कमाण्ड सम्हाल्ने मौका दिनुभएको छ। यसलाई मैले आफूले विगतमा नेपाल प्रहरीमा दिएको योगदानको मूल्याङ्कन गर्दै दिएको अवसरको रूपमा लिएको छु।

तपाईँको कार्यशैली कस्तो हुनेछ?
प्रहरीको मुख्य काम शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गर्ने हो। त्यस अतिरिक्त प्रहरीका थुप्रै काम हुन्छन्। हरेक काम शान्ति सुरक्षासँग जोडिएको हुन्छ। समाजलाई सही दिशामा लैजान प्रहरीको मुख्य भूमिका हुन्छ।मैले पनि प्रहरीलाई शान्ति सुरक्षासँगै जोडेर हेर्छु। प्रहरी एउटा सेवामुलुक र राज्यको महत्वपूर्ण अंग हो।

पर्सा जिल्लालाई कुन रुपमा हेर्नू भएको छ र कतिको चुनौती छ ?
यो जिल्लाको प्रमुख चूनौती भनेकै खुला सीमा हो। त्यसमा पनि मुलुककै प्रमुख व्यापारिक नाका र औद्योगिक करिडोर भएकोले आर्थिक अपराधका घटना बढी हुन्छन्। त्यस्ता घटना हुन नदिने मेरो पहिलो प्राथमिकता हुनेछ। भएका घटनालाई उचित हिसाबले अनुसन्धान गर्दै समाधान गर्ने लक्ष्य लिएकी छु।

पर्सा आयेको दिन देखि कति को महसुस गर्दै हुनु हुन्छ ?
मलाई कस्तो लाग्छ भने जिल्लाको मुख्य व्यक्ति कसरी चल्छ, त्यसरी नै ऊ मातहतका कर्मचारीहरू चल्ने हो। कमिकमजोरी छदै छैन भन्ने म मान्दिनँ। आफूले फेयर पोलिसिङ गर्ने गराउने मेरो नीति हुनेछ। मैले स्पष्ट रूपमा आफ्नो लाइन बताएकी छु। त्यो अनुशरण नगर्नेलाई दण्डित अवश्य गर्नेछु।

मधेसमा सामाजिक विकृतिको रूपमा बालविवाह, दाइजो प्रथा, बहुविवाह, घरेलु हिंसा, लागूऔषध, मद्यपान, धुम्रपानलगायतले समाज बिग्रिँदै छ। यसतर्फ तपाईँको योजना के छ?
अघिल्लो वर्षदेखि प्रहरी–समुदाय साझेदारी कार्यक्रम सञ्चालनमा छ। यसले व्यवस्थित रूपमा केन्द्रदेखि वडास्तरसम्म काम गर्ने सम्झौता भइसकेको छ। समाजमा नराम्रो प्रभाव पार्ने गतिविधि र तत्वलाई पहिचान गरी त्यसको न्यूनीकरणको लागि मैले केही योजना बनाएकी छु।

जो प्रहरी प्रमुख आउँदा पनि ( यो तेरो मान्छे यो मेरो मान्छे ) भन्ने नरा छ यसलाइ कुन रुपमा लिनु हुन्छ ?
यो पर्साको मात्र समस्या होइन। हरेक ठाउँको समस्या हो। समाजमा कुनै घटना घट्छ भने सबैभन्दा पहिले समाजका अगुवा र नेतासमक्ष यो कुरा पुग्छ। त्यसकारण उनीहरूले चासो राख्छन्।

पर्सा जिल्लाले कस्तो भुमिका खेल्दा राम्रो होला ?
यो स्वभाविक कुरा हो। तर, रह्यो कुरा समाज सुधार र विकासको लागि जिम्मेवार व्यक्तिले आफूले कतै गलत कामलाई साथ त दिएको छैन भन्ने विचार गर्नुपर्छु। म यो जिल्लाको प्रमुख भएपछि यहाँका ठीक–बेठीक छुट्याएर त्यहीअनुरूप उहाँहरूसित डिल गर्छु र कानूनीरूपमा त्यस्ता समस्या समाधान गर्छु ।

अत्यमा के भन्नू हुन्छ ?
अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्था र यहाँका नागरिक समाजसँग पनि मधेसी चेलीबेटीलाई प्रहरी सेवामा आवेदन गरी राष्ट्रसेवा गर्न म अभिप्रेरणा जगाउनेछु ।

 

13400
Shares

ट्रेन्डिङ