सबैको समाचार
बुधबार, फाल्गुन १६, २०८०
  • होमपेज
  • मर्यादित महिनावारीको लागि हाम्रो पहल

मर्यादित महिनावारीको लागि हाम्रो पहल

7480
Shares
मर्यादित महिनावारीको लागि हाम्रो पहल

अमृता शर्मा ( B.S.C 4th year ) चितवन , / महिनावारी प्राकृतिक प्रकृया हो । यो समयमा हरेक महिलाहरुमा ३–४ दिन सम्म योनिबाट रगत बग्छ, यस समयमा महिलाहरुमा साविक भन्दा शारीरिक तथा मानसिक अनि भावनात्मक हिसावले कमजोर भएका हुन्छन् र सरसफाईको आवश्यकता पनि बढी पर्ने हुन्छ । यो समयमा महिलाहरुको स्वास्थ्य, सरसफाइ र मानसिक तथा विभिन्न पक्षहरुमा सहयोग गरेर महिलाहरुलाई सुरक्षित र स्वस्छ महिनावारी एवम् गर्व गराउने अवस्था सृजना गर्नु नै मर्यादित महिनावारी हो । महिनावारीको विषयमा सही वकालत गरी समाजलाई सुसज्जित र महिला मैत्री बनाउनु नै हामी मानवहरुको उत्तरदायित्व हो । हामी धर्मका अन्धभक्त भएर हामो जीवनशैली विताउँदै आएको छौं । हिन्दू धर्म अनुसार महिनावारी हुँदा वग्ने रगतलार्य अशुद्ध रगतको रुपमा लिइन्छ । फलस्वरुप महिनावारीको समयमा फोहोर ओछ्यान तथा असुरक्षित स्थानमा राख्ने चलनले वषौंदेखि हाम्रा चेलीहरु जंगली जनावरको आक्रमण, जनावरसँग पनि तुलना गर्न नमिल्ने वलात्कारी पिशाचहरु र अत्यन्त चिसो मौसम जस्ता कारणले क्षतविक्षत भई मृत्युलाई सामना गर्नु परेको छ ।

जाबो माहिनावारी कै कारणले यस्तो घोर अपहेलना सहनु पर्ने यो पनि आजको एक्काइसौं शताब्दिमा भन्नु हामी हाम्रो देश विकासको क्षेत्रमा अरु देश भन्दा २०० वर्ष अगाडिकै समयमा भएको मान्न सकिन्छ । यस्तो विकराल अवस्थालाई ख्यालै नगरी हामी समाज रुपान्तरणमा केही पहल गर्न सक्दैनौं भने हामीलाई सामाजिक प्राणीको दर्जा दिनुको औचित्य र्नै हुँदैन । अब महिनावारी नारीको मात्र विषय नभई सम्पूर्ण राष्ट्रको विषय बनाउनु मेरो परिवर्तनशील सोचको पहिलो खाका हो । ती दर्दनाक अवस्थामा रहेका गाउँहरुमा सर्भेक्षण गर्नु अनि त्यहाँका महिला स्वयम् सेविका, वडा प्रमुख, तथा सवै निकायसँग समन्वय गरेर महिनावारीको विषयमा छलफल, गोष्ठी गर्नु पर्दछ । जुन गोष्ठीमा त्यहाँका महिला मात्र नभएर हजुरबुबा, बुवा, दाईभाइ, सम्पूर्ण व्यक्तिको महिनावारी सम्बन्धी सोच बदल्नु निकै महत्वपूर्ण छ । यस्ता कार्यक्रममा महिनावारीको सामान्य प्रकृया यस्तो अवस्थामा महलिाहरुमा आउने शारीरिक तथा मानसिक परिवर्तन, सरसफाईको आवश्यकता तथा पोशिलो खाना जस्ता विषयलाई बुझाउन निकै जरुरी छ । किनकी हामी परिवारमा वस्छौं । परिवारका दाजु बुवा भाइ हरुले यी समस्या नबुझे भने महिला मैत्री परिवारको कल्पना गर्नु पनि मुर्खता हुन्छ ।

बालबालिका आजका कोपिला भविष्यका कर्णधार हुन् । यो काँचो माटोलाई शुरुदेखि नै राम्रो आकार दिन सकियो भने हामी पक्कै पनि समाज सुधारलाई जरैदेखि विकास गर्न सक्छौं । बालबालिकाको उमेर सँगसँगै शारीरिक र मानसिक परिवर्तन हुन्छ । किशोरावस्थामा पुग्दा महिनावारी सम्बन्धी ज्ञान कक्षाका छात्रछात्रा दुवैलाई दिनु निकै जरुरी छ । महिनावारी के हो ? यसमा के के हुन्छ ? सरसफाई गर्दा के कसरी गर्ने ? पोशिलो खानेकुराको बारेमा ज्ञान उनीहरुको पाठ्यक्रममा राख्नाले बालबालिकाहरुको मानसपटलमा सकारात्मक सोच र सहयोगीपनको विकास हुन्छ । यतिमत्र नभई विद्यालयमा महिनावारकिो समयमा आवश्यक पर्ने प्याडको व्यवस्था, हातधुने सावुन पानी र आवश्यक पर्दा औषधी र सरसल्लाहको लागि सोहार्दपूर्ण वातावरण तयार गर्नु मर्यादिन महिनावारीको पहलमा इट्टाहरु थप्दै जानु हो । हाम्रो समाजमा विद्यमान छाउपडीको कुरा गर्दा गाउँ र शहर दुवैमा यसको छाप विदितै छ जस्तो लाग्छ । मात्र अवधारणा फरक, घरमा एउटी छोरी भएको कारणले महिनावारीको समयमा भान्साकोठाबाट आफुलाई मन लागेको कुरा खान पाउँदैनन् । मठमन्दिर अनि घर कै पूजा कोठाको ढोका पनि उनका लागि बन्द हुन्छ । चाडपर्वहरुमा एउटै काृठामा रोएर बस्न वाध्य हुन्छिन् । सो अवस्थामा उनको ७ वर्षे भाइले उनलाई देखेर आफु नियम बन्देज नहुँदा आफुलाई शक्तिशाली ठान्दछ ।

अनि त्यहीबाट शुरु हुन्छ लैंगिक विभेदता ।यति मात्र कहाँ हो र ? सामाजिक एवम् राजनीतिक जीवनमा महिनावारीको विषयमा गहन ुकरामा गहन कुराहरु लिएर सबैको वाहवाह पाउने अभियानकर्ता हरुनै तीजको पञ्चमीमा महिनावारीको पाप कटाउन पूजा लगाउनु, भगवानको प्रसाद लिन अनकनाउने प्रवृत्तिले मर्यादित महनिावारीलाई अँगाल्न हच्किएर अनि परिवर्तनलाई स्वीकार गर्न नसकेको पराकाष्ठा हो । अव हामी यी सुक्ष तथा ठूला भारी बोकेका परिवर्तनहरुलाई आफ्नै घरबाट प्रयोगमा ल्याउन सकेनै भने मर्यादित महिनावारी ठूला ठूला भाषण र कागजका पन्नाहरुमा मात्र सीमित रहन्छन् ।
हामी पूर्वीय सभ्यता अनुसारका लुगाफाटा, अंग्रेजी जीवनशैली, जीउन कति लालायित देखिन्छ । तर महिनावारीको विषयमा के कस्ता सहयोग छ्न भन्ने अत्तोपत्तो नै छैन । विकसित देशहरुमा महनिावारीको समयमा विरामी विदा दिएर महिलाहरुलाई अझ शक्तिशाली बनाउन जोड गरी रहेका छन् । तर हाम्रो देशमा घर अफिस जहाँ पनि महिलाहरुलाई कामको बोझ बोकाइन्छ । हरेक महिना उनलाई चाहिने हेरविचारको व्यवस्था हाम्रो कल्पनामा मात्र सीमित रहेको छ । नियमित काम महिनावारीकाे अछुतोपन, घृणित व्यवहार जस्ता यावत कुराहरुलाई सकिनसकि जीवनलाई बोकेर अगाडि जाँदा हामी महिला भएर गर्वका साथ बाच्न सकिरहेका छैनौं । यस्तो परिस्थितीलाई नसच्याउँदासम्म कसरी बन्ला त मर्यादित महिनावारी ? त्यसैले यस्ता विषयहरुलाई देश कै एजेण्डा बनाएर छलफल गर्नु नितान्त जरुरी छ । जवसम्म कुल जनसंख्याको आधा प्रतिशत ओगटेका महलिाहरुको स्वस्थ्य स्थिती, समस्याहरुलाई औंल्याउँदै परिवर्तनका खाकाहरु तयार गरी कार्यान्वयन गरिँदैन तवसम्म मर्यादित महिनावारी बन्नै सक्दैन ।

सार्वजनिक स्थल, घर, होटल, विद्यालय, तथा कार्यस्थल सबै ठाउँमा महिनावारीको सरसफाईका लागि आवश्यक पर्ने सामाग्री र अनुकूल वातावरण तयार गर्ने वितिक्कै महिलाहरुको अवस्थामा आमूल परिवर्तन आउँछ भन्ने कुरामा म सय प्रतिशत नै विश्वस्त छु । हाम्रो देशलाई कुन दिशातर्फ निर्देशित गर्ने भन्ने कुरा देशको ऐन कानून र संविधानले गर्दछ । त्यसैले महिलाको हक अधिकार महिनावारीको विषयलाई लिएर कुसंस्कार कुरिती अँगाल्ने हरुलाई जरिवाना र सजायँ अनि सकारात्मक परिवर्तन फैल्याउने लाई सम्मान र सद्भाव गरेमा हामी महिनावारी सम्बन्धी भएका कुरितीलाई जरैदेखि उन्मुलन गर्न सक्छौं । संविधानको धारा १६ जहाँ प्रत्येक व्यक्तिलाई सम्मानपुर्ण रुपमा बाच्न पाउने अधिकार छ । मलाई लाग्छ, महिलाहरुले यो अधिकार पाएका छैनन् । त्यसैले अधिकारका लागि सम्बन्धित निकाय मा आवाज उठाउनु निकै आवश्यक छ ।

यति मात्र नभई महिनावारी सम्बन्धमा समजमा देखिएका रुढीवादी कुसँस्कार, कुरिती, अन्धविश्वास सम्बन्धित धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्न हातमा हात जोडेर हामी देशवासी अगाडि बढ्नु पर्छ । महिनावारीको समयमा चाहिने आधारभूत सेवा र सुविधाको विस्तार, उपलव्धता र पहुँच बढाउनमा स्वास्थ्यकर्मी, विद्यालय, समाजसेवी तथा अन्य निकायले गहन भूमिका खेल्नु पर्दछ ।एउटी महिलाले आफ्नो जीवनकालमा ६ देखि ७ वर्षसम्म महिनावारी मै विताउछिन् । जीवनको ६–७ वर्षलाई अपहेलना, दुःखाई, घृणा र कष्टबाट विताउन वाध्य बनाउनु सामाजिक अपराध होइन र ? अन्ततः यस्तो अवस्थामा महिलाको स्वास्थ्य, सरसफाईका उचित हेरचाहमा जोड दिन हरेक व्यक्तिले आफ्नो स्थानबाट सकारात्मक पहल गर्दै गयौं भने महिनावारीलाई मर्यादित बनाउने सुनौलो अभियान पूरा गर्न सक्छौं ।

7480
Shares

ट्रेन्डिङ