सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोनाका कारण नेपालमा पहिलोपटक एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

कोरोनाका कारण नेपालमा पहिलोपटक एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

11685
Shares
कोरोनाका कारण नेपालमा पहिलोपटक एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काभ्रे : कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएकी थिइन् ।

२५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब धुलिखेल अस्पतालमा ‘पीसीआर’ परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालले आकस्मिककक्ष ‘सिल’ गरेको छ । महिलाको सम्पर्कमा आएका छजना व्यक्तिहरुलाई ‘आइसोलेसन’कक्षमा राखिएको छ ।

11685
Shares

ट्रेन्डिङ