सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नारायानी अस्पतालको बिरामिलाइ खाना र खाजा खुवाउन सानो पाइला

नारायानी अस्पतालको बिरामिलाइ खाना र खाजा खुवाउन सानो पाइला

7550
Shares
नारायानी अस्पतालको बिरामिलाइ खाना र खाजा खुवाउन सानो पाइला
  • सुनिल श्रेष्ठ

वीरगंज , ५ जेष्ठ / नारायणी अस्पताल र सिद्दार्थ माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई सामाजिक संस्था सानो पाइलाले खाना र खाजा खुवाउन थालेको छ । वीरगञ्जमा लगभग डेढ दसकदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सामाजिक संस्था सानो पाइलाले नारायणी अस्पताल र सेमी आइसोलेसन सिद्दार्थ माविमा रहेका कोरोना संक्रमितहरुलाई सोमबार देखि खान र खाजा खुवाउन थालेको हो । अस्पताल प्रशासनले कोरोना संक्रमितहरुलाई गुणस्तरहिन र अस्वास्थ्यकर खाना खुवाउदै गरेको गुनासो आउन थालेपछि खाना खुवाउने जिम्मा सानो पाइलाले लिएको छ । स्थानीय प्रशासन, प्रहरी र अस्पताल प्रशासनको समन्वयमा साेमबार बिहान पहिलाे पटक नारायणी र सिद्दार्थ माविकाे क्वारेन्टीनमा रहेका विरामीहरूलाइ नास्ता पस्किएकाे सानाे पाइलाका सञ्चालन प्रमुख जय साहले जानकारी दिए ।

स्वस्थकर खाना खान पाउँदा बिरामी हर्षित छन् । काेराेनासँग लड्न राेग प्रतिराेधात्मक क्षमता बलियाे पार्न पनि स्वस्थ खाना अत्यावश्यक भएको पोषणविदहरुको भनाई छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले उपलब्ध गराएको मापदण्ड अनुसार संक्रमितहरुलाई खान उपलब्ध गराइएको साहले बताए । नारायणी अस्पतालमा भर्ना भएका कोरना संक्रमितहरुले अस्पताल प्रशासनले उपलब्ध गराएको खान खाएर उल्टै थप बिरामी हुने गुनासो गरेका थिए । कोरोना संक्रमित मध्येका एक पत्रकार सुरेश बिडारिले चाउचाउ खाएको तस्विर सामाजिक सञ्जालमा हाले देखि अस्पताल प्रशासनको व्यवस्थापन माथि थप प्रश्न उठ्न थालेको थियो । अस्पताल प्रशासन त्यसैगरी सरसफाई र कोरोना संक्रमितहरुको उपचारमा समेत चुकेको आइसोलेसनमा भर्ना रहेका संक्रमितहरुले बताउदै आएका छन् ।

वीरगञ्ज कोरोना संक्रमणको हट्स्पट बन्दै जाँदा समेत अस्पताल प्रशासनले व्यस्थापन पक्षमा प्रभावकारी ढंगले काम गर्न नसके पछि सरोकारवालाहरुले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायको कार्या क्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । गुणस्तरिय खाना खुवाउन नसक्ने नारायणी अस्पतालले कोरोना संक्रमितहरुको उपचार कसरि गर्ला भनेर सामाजिक सञ्जालमा प्रश्नहरु उठ्न थालेका छन् । अस्पतालले कोरोना संक्रमितहरुका लागि उपलब्ध गराउँदै आएको खानामा समेत भ्रष्टाचार भएको कुरा सतहमा आएको छ । कोरोनाको महामारीमा समेत अस्पताल प्रशासन व्यस्थापन पक्षमा कम्जोर देखिएको स्थानीयहरुले आरोप लगाएका छन् । यस सन्दर्भमा अस्पतालका मेसु डा. मदन उपाध्यायसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि उनले फोन उठाएनन् ।

7550
Shares

ट्रेन्डिङ