सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गुल्मीको मदाने गाउँपालिका सिल गरियो

गुल्मीको मदाने गाउँपालिका सिल गरियो

5940
Shares
गुल्मीको मदाने गाउँपालिका सिल गरियो

गुल्मी / गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका सिल गरिएको छ । सङ्क्रमण फैलिन नदिन र त्यसबाट मानिसहरुलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा मदाने गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका सिल गर्ने निर्णय गरेको हो । मदाने गाउँपालिका ६ अन्र्तगत पुर्कोटदहमा अध्यापन गराउँदै आएका शिक्षकमा सोमबार कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोनाको सङ्क्रमण देखिएपछि स्थानीय पालिकाले कोही पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनु भयो । जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले सङ्क्रमित व्यक्तिको तत्कालै केस हिस्ट्र, ट्राभल हिस्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सङ्क्रमित व्यक्तिसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबै व्यक्तिहरुको आरडीटी र पीसीआर टेष्ट गर्नका आवश्यक प्रकृया सुरु गर्नका लागि स्वास्थ्यकर्मीहरु सहितको टोली मंगलबारनै सङ्क्रमित क्षेत्रमा पठाउने तयारी गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भएको छ । मदानेमा कोरोना सङ्क्रमित भएको खबरसँगै गुल्मीवासीहरु थप सशंकित बनेका छन् । मदाने गाउँपालिकाको पुर्कोटदह यतिबेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिसहरु घरबाहिर निस्केका छैनन् ।

5940
Shares

ट्रेन्डिङ