सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पर्साका पत्रकारहरुको आन्दोलन स्थगित, दोषि प्रहरीलाई कार्वाही गर्ने एसपिको प्रतिबद्रता

पर्साका पत्रकारहरुको आन्दोलन स्थगित, दोषि प्रहरीलाई कार्वाही गर्ने एसपिको प्रतिबद्रता

6550
Shares
पर्साका पत्रकारहरुको आन्दोलन स्थगित, दोषि प्रहरीलाई कार्वाही गर्ने एसपिको प्रतिबद्रता

बीरगन्ज: पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि पत्रकारहरुको दोस्रो चरणको आन्दोलन स्थगित भएको छ । जिल्ला प्रहरी कार्यालयमा आज बिहान भएको छलफलमा प्रहरी उपरिक्षक पन्तले पत्रकार तिवारी यादवमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न प्रहरी अधिकृतहरुसहितका प्रहरीहरुलाई सचेत गराउने र विभागीय कारवाहीको लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघ पर्साका कार्यवहाक अध्यक्ष अनुप तिवारीले जानकारी दिनुभयो ।

साथै, अब उप्रान्त यस्ता घटना दोहोरिन नदिन मातहतका प्रहरीलाई सचेत गराउने र पत्रकारलाई सूचना सम्प्रेषण गर्न समेत सहज वातावरण बनाउने प्रतिबद्धता एसपी पन्तले व्यक्त गरेपछि हाललाई आन्दोलन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, पत्रकार यादवको खोसिएको मोबाइल फिर्ता गर्ने र कोरोना महामारी नियन्त्रण प्रयासमा प्रहरी र पत्रकार दुवै मिलेर अघि बढ्ने सहमति भएको कार्यवहाक अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएको वार्तामा महासंघ पर्साका कार्यवहाक अध्यक्ष तिवारीसहित कोषाध्यक्ष भुषण यादव, पिडित पत्रकार यादव र एसपी पन्त सहितका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसअघि, नेपाल पत्रकार महासंघ पर्साको कार्यवाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा हिजो नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा बसेको बैठकले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दै अन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको थियो ।

साताव्यापी आन्दोलन अन्र्तगत आज बिहानैबाट पर्सेली पत्रकारहरुले आफु कार्यरत सन्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत “पत्रकारसँग दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही गर” भन्दै दोस्रो चरणको आन्दोलन शुरु गरेका थिए ।

6550
Shares

ट्रेन्डिङ