सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कारले ठक्कर दिँदा आमाछोराको मृत्यु, २ गम्भीर घाइते

कारले ठक्कर दिँदा आमाछोराको मृत्यु, २ गम्भीर घाइते

8770
Shares
कारले ठक्कर दिँदा आमाछोराको मृत्यु, २ गम्भीर घाइते

काठमाडौं । कैलालीमा कारको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा घोडाघाडी नगरपालिकाकै वडा नम्बर १ का २६ वर्षीया सोनिया चौधरी र उनका छोरा ५ वर्षीय क्रिस्टन चौधरीको मृत्यु भएको हो।

साथै कारको ठक्करबाट घोडाघोडी नगरपालिकाकै वडा नम्बर १० का ४५ वर्षीय डबल शाह र लम्किचुहा नगरपालिका १० का ४० वर्षीय जयन्द्र सुनार घाइते भएका छन्।

मंगलबार घोडाघोडी नगरपालिका १ सुखडमा पश्चिमतर्फ गइरहेको बा ८ च २१०० नम्बरको कारले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । घाइते दुवैलाई थप उपचारका लागिउ कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई मसुरियास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

8770
Shares

ट्रेन्डिङ