सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अस्पतालबाट भागेका कोरोना संक्रमितको मृत्यु

अस्पतालबाट भागेका कोरोना संक्रमितको मृत्यु

10240
Shares
अस्पतालबाट भागेका कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९) को उपचारकै क्रममा भाग्ने एक जनाको मृत्यु भएको छ । प्रहरीले उनलाई फेला पारेर पुनः अस्पतालमा भर्ना गरेपनि उनको मंगलबार मृत्यु हुन पुगेको हो । गाजियावादस्थित अस्पतालबाट भागेको केही दिनमै उनलाई प्रहरीले फेला पारेर बरेली अस्पतालमा लगेपनि उनको मृत्यु हुन पुगेको समाचारमा जनाइएको छ ।

यी व्यक्ती दिल्लीमा सिलाई–कटाईको काम गर्थे । कोरोना संक्रमणपछि उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।

अस्पतालबाट भागेको जानकारी पाएपछि प्रहरीले प्रहरीले उनीविरुद्ध विरुद्ध संक्रामक रोग ऐन उल्लंघनबारे एफआईआर दर्ता ग-यो, अनि पक्राउसँगै उपचारका लागि बरेली पठाइदियो । ‘बरेली अस्पतालमा मंगलबार मृत्यु भएका यी पुरुष अन्दाजी ४५ वर्षका थिए । दुई दिनअघि मात्रै यहाँ उनलाई भर्ना लिइएको थियो,’ अस्पतालका चिफ मेडिकल अफिसर यसपाल सिंहले भने ।

10240
Shares

ट्रेन्डिङ