सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

4870
Shares
३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

९ असार, गोरखा / गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् । मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् ।

4870
Shares

ट्रेन्डिङ