सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण

१ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण

8520
Shares
१ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण

पर्वत : पर्वतमा मङ्गलबार एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । पर्वत अस्पतालले दिएको जानकारी अनुसार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

चार जना सर्वसाधारणहरुमा कुश्मा नगरपालिका ३ की ३१ र १७ वर्षीया महिला तथा ९ वर्षका बालक र कुश्मा नगरपालिका ८ का २८ वर्षीय युवक रहेका छन् । साथै पर्वत अस्पतालकी २८ वर्षीया स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । चार जना नयाँ सङ्क्रमित व्यक्तिहरु यसअघि मणिपाल अस्पतालमा उपचारको क्रममा रहेका व्यक्तिका आफन्त र साथी हुन् ।

आज काेराेना पुष्टि भएका २२ सँगै पर्वतमा सङ्क्रमतिको सङ्ख्या ६८ पुगेको छ । जसमध्ये नाै जना स्वास्थ्यकर्मी रहेका छन् । सङ्क्रमितमध्ये आठ जना उपचारपछि निको भएर घर फर्केको जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।

8520
Shares

ट्रेन्डिङ