सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही हुने

कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही हुने

4235
Shares
कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही हुने

काठमाण्डाै : गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

साथै गृह मन्त्रालयले डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको गृहका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

साथै बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जिल्लाबाट अर्को जिल्ला जाँदा, काठमाण्डौ प्रवेश गर्दा र केही घरधनीले डेरावालासँग पीसीआर रिपोर्ट मागेको भन्ने सुनिन आएकोले त्यसो नगर्न आग्रह गर्नुभएको छ ।

4235
Shares

ट्रेन्डिङ