सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको पुर्व तयारीमा जुट्दै, कोषमा रकम बढाउँदै

काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको पुर्व तयारीमा जुट्दै, कोषमा रकम बढाउँदै

8380
Shares
काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको पुर्व तयारीमा जुट्दै, कोषमा रकम बढाउँदै

काभ्रे : काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको लागि पुर्व तयारीमा जुट्न थालेका छन् । मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाको विपद् व्यवस्थापन कोषमा २ करोड बराबरको रकम जम्मा गरेको छ ।

आगामी आर्थिक बर्षको लागि विपद् व्यवस्थापन कोषमा थप २० लाख रुपैँया राख्ने नगरपालिकाले निर्णय गरेको प्रबक्ता डिल्लि प्रसाद आचार्यले बताउनुभयो । नगरपालिकामा बर्खाको समयमा इन्द्रावती नदी, ढाडखोला र चाखोलामा बाढी आउने सम्भावना रहन्छ । त्यसैगरी डाँडामा पहिरोको जाने सम्भावना धेरै हुन्छ ।नगरपालिकाले विपद्को समयको लागि भनेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

पनौती नगरपालिका
यसैबिच पनौती नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ जम्मा भैसकेको छ । आगामी आर्थिक बर्षका लागि नगरपालिकाले कोषको लागि १ करोड रुपैँया विनियोजन गरेको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताउनुभयो । नगरपालिकाले विपद्का कारण समस्यामा परेका नागरिकलाई पहिलो प्राथमिकता दिने गरी केही दिनमा नै एउटा एम्बुलेनस सञ्चालनमा ल्याउन लागेको छ ।

बाढी आउने र कृषि क्षेत्रमा क्षति पुरयाउने सम्भावना रहेकाले पशु र वाली बिमा गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । चालु आर्थिक बर्षमा विपद् व्यवस्थापनको लागि विनियोजन गरेको रकम कोरोना रोकथामको लागि धेरै खर्च भएका छन् । वडा स्तरमा रहेका विपद् व्यवस्थापन समितीलाई आवश्यक तालिम दिने र सक्रिय बनाइ राख्ने वरिष्ठ प्रसाशकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकाले पनि पहिरो जाने सम्भावना रहेको ठाउँका नागरिकलाई ग्याविन जाली वितरण गर्ने तयारी गरिरहेको छ । घर र ब्यक्ति बचाउन पालिकाले विशेष कार्यक्रममा ल्याउने अध्यक्ष गुमानध्वज कुवँरले बताउनुभयो । पालिकाका प्रायः बस्ती खोल्सा आसपास रहेकाले खोल्साबाट आउने भेलका कारण घरहरुमा क्षती पुगिरहेको छ ।

दोलालघाट क्षेत्रमा खोलामा आउने बाढीले क्षती पुर्याउन सक्ने सम्भावना रहेका छ । विपद् व्यवस्थापनको लागि भनेर पालिकाले कोषमा अहिले ४० लाख रुपैँया रहेको छ । आगामी आर्थिक बर्ष २०७७÷७८ मा ३० लाख रुपैँया थप हुने पालिकाले जानाएको छ ।

8380
Shares

ट्रेन्डिङ