सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाने बुद्धपार्क वरपर बृक्षारोपण

नेपाने बुद्धपार्क वरपर बृक्षारोपण

7800
Shares
नेपाने बुद्धपार्क वरपर बृक्षारोपण
  • प्रदिप भण्डारी

काभ्रे : काभ्रेको सदरमुकाम नजीक रहेको नमोबुद्ध नगरपालीका धार्मीक, सँस्कृतिक तथा पर्यटकीय क्षेत्रले देश तथा विदेशमा ख्याती प्राप्त क्षेत्रको रुपमा चिनीदै आएको पाईन्छ । बौद्ध धर्मालम्बिहरुको प्रमुख पाठ पुजा गर्ने स्थानको रुपमा रहेको यस स्थानमा वर्षै पिछे हजारैको संख्यामा पर्यटकहरु आवत जावत गर्दछन ।

यसै नगरपालीकाको वडा नं. ९ नेपानेका युवाहरुले समाजीक तथा सास्कृतिक कार्यहरु गर्दै आएका छन् । नमोबुद्ध नगरपालीकाको धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको नेपाने बुद्धपार्क वरपर शुक्रबार बृक्षारोपण गरीएको हो ।

नेपाने बुद्धपार्क वरपरका खाली जमिनहरुमा विभिन्न जातहरुको विरुवा रोपीएको थियो । बृक्षारोपण अभियानमा नेपाने युवा समाज नेपाने बुद्धपार्क समितीको संयुक्त आयोजनामा शुक्रबार बृक्षारोपन भएको थियो ।

बृक्षारोपण कार्यक्रममा नेपानेका स्थानीय , समाज सेवी तथा युवाहरुको उपस्थित रहेको थियो । नेपाने बुद्धपार्क वरपर हरीयाली तथा वातावरण प्रदुषणलाई रोक्नको लागी ( हरियो वन नेपालको धन ) भन्ने मुख्य नाराको साथ सम्पन्न भइको युवा समाज सेवि तथा नेकपाका युवा नेता देवराज लामाले बताए ।

7800
Shares

ट्रेन्डिङ