सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको स्थानीय तहहरुद्धारा लक्षित वर्गका लागी सिपमुलक तालिमका लागी प्राथमीकता

काभ्रेको स्थानीय तहहरुद्धारा लक्षित वर्गका लागी सिपमुलक तालिमका लागी प्राथमीकता

6475
Shares
काभ्रेको स्थानीय तहहरुद्धारा लक्षित वर्गका लागी सिपमुलक तालिमका लागी प्राथमीकता

काभ्रे : काभ्रेको स्थानीय तहहरुले बिगतका वर्षहरुमा जस्तै यो आर्थिक वर्षमा पनि लक्षित वर्गका लागि बिजेट बिनियोजनलाई प्राथमिकता दिएका छन् । भुम्लु गाँउपालिकाले एक मुष्ट ४५ लाख रुपैंया बजेट बिनियोजन गरेको गाँउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाले बालबालिका, महिला, दलित, जेष्ठ नागरिक र अपाङ्गता ब्यक्तिहरुको क्षमता बृद्धि तथा आर्थिक उपार्जनका लागि ४५ लाख रुपैंया बजेट बिनियोजन गरेको हो । गाउँपालिकाले लकिाले गत अपाङ्गता भएका ब्यक्तिका लागि ३० लाख रकम छुट्याएको थियो ।

यस्तै पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षमा लक्षित बर्गको लागि ८० लाख रुपैया रकम बिनियोजन गरेको छ । आयआर्जनमा बृद्धि गर्ने योजना अनुसार अपाङ्गता र महिलाका लागि क्षमता अनुसारका सिपमुलक तालिमहरु प्रदान गरिने उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । जेष्ठ नागरिक, बालबालिका तथा दलित समुदायको लागि पनि बिभिन्न कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्ने उहाँको भनाई छ ।

उता मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा का मगर्न ५० लाख रुपैंया बिनियोजन गरेको छ । त्यस्तै अपाङ्गता भएका ब्यक्तीको पुर्नस्थापनाका लागि ५० लाख रुपैंया बजेट बिनियोजन गरेको छ । उपप्रमुख निर्मला शाहीले जानकारी दिनुभयो । कृषि तथा पशुपंक्षि पालन र प्रविधि सहितको सिपहरुमा लक्षित वर्गको कार्यक्रम केन्द्रीत गर्ने नगरपालिकाले योजना बनाएको छ ।

यसैबिच पनौति नगरपालिकाले लक्षित वर्गको कार्यक्रमका लागि सशर्त अनुदान बाहेक ५५ लाख रुपैंया बजेट बिनियोजन गरेको छ । एक करोड भन्दा बढी रकम बालबालिकाको क्षेत्रको लागि छुट्याईएको उपप्रमुख गिता बञ्जराले जानकारी दिनुभयो । गत वर्ष नगरपालिकाले जेष्ठ नागरिकको लागि सम्मान कार्यक्रम, न्यानो कपडा तथा पौष्टिक आहार वितरण कार्यक्रम गरेको थियो ।

यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने योजना नगरपालिकाले जनाएको छ । अपाङ्गता भएका ब्यक्तिको मागका आधारमा कार्यक्रम बनाईने र संबोधन गरिने उपप्रमुख बन्जाराले बताउनुभयो । गत वर्ष जस्तै लक्षित समुदायका लागि यो वर्ष पनि बिउ पुँजी कार्यक्रमलाई निरन्तरता दिने उपप्रमुख बञ्जराले बताउनुभयो ।

6475
Shares

ट्रेन्डिङ