सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पनौति र मण्डनदेउपुर नगरपालिकामा रोजगार खुल्यो

पनौति र मण्डनदेउपुर नगरपालिकामा रोजगार खुल्यो

7345
Shares
पनौति र मण्डनदेउपुर नगरपालिकामा रोजगार खुल्यो

काभ्रे : काभ्रेको पनौति र मण्डनदेउपुर नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेहरुको निवेदन माग गरेको छ । काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन दुबै नगरपालिकाले भनेका छन् ।

नगरपालिकाले कृषि जन्य उत्पादनले वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएका, एकल महिला, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रोगजारमा पहिलो प्राथमिकता दिने बताएका छन् ।

त्यस्ता समुहका बेरोजगार ब्यक्तिले साउन ८ गते देखी भदौ ७ गते सम्ममा आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जानएको छ । रोगजार कार्यक्रमको अवधि एक सय दिनको हुनेछ ।

7345
Shares

ट्रेन्डिङ