सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

9215
Shares
बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

काठमाडौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्‍याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

उनले अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्न दवाव परेको समाचारमा जनाइएको छ । बार्सिलोनासँग उनको सम्झौता अझै एक वर्ष बाँकी छ । तर मेस्सीले एक वर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका हुन् ।

मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरी ए क्लब इन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा इच्छुक रहेको बताइएको छ । मेस्सीले पुनः बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसँग भेटेर क्लब छाड्न चाहेको दोहो¥याएका हुन् ।

उनले आफूलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् । मेस्सीले आफ्नो २० वर्षको बार्सिलोनाको करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।

9215
Shares

ट्रेन्डिङ