सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलमा मात्र करिब आठ सय जनाको पिसिआर बिधिमार्फत कोरोना परिक्षण

धुलिखेलमा मात्र करिब आठ सय जनाको पिसिआर बिधिमार्फत कोरोना परिक्षण

6800
Shares
धुलिखेलमा मात्र करिब आठ सय जनाको पिसिआर बिधिमार्फत कोरोना परिक्षण

धुलिखेल : धुलिखेल नगरपालिकामा मात्र करिब आठ सय जनाको पिसिआर बिधिमार्फत कोरोना परिक्षण गरिएको छ । सामुदायिक स्तरबाट नमुना संकलन गरि एक हजार जनाको स्वाब परिक्षण गर्ने नगरपालिकको योजना अनुसार करिब आठ सय जनाको पिसिआर बिधिमार्फत कोरोना परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

समुदायमा कोरोना नफैलियोस भनेर स्वास्थ कार्यालय काभ्रे र धुलिखेल अस्पतालको समन्वयमा नगरपालिकाको स्वास्थ शाखाले एक हजार जनाको स्वाब परिक्षण गर्न लागेको हो ।

संक्रमित ब्यक्तीको सम्र्पकमा आएकाहरु, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी तथा सरसफाइका कर्मचारी, खानेपानीका कर्मचारी,नगरपालिका कर्मचारी, जनप्रतिनिधिलगायतलाई प्राथमीकतामा राखेर पिसिआर बिधिमार्फत कोरोना परिक्षण गरिरहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

6800
Shares

ट्रेन्डिङ