सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल–११ मा रक्तदान कार्यक्रम सम्पन्न

धुलिखेल–११ मा रक्तदान कार्यक्रम सम्पन्न

7225
Shares
धुलिखेल–११ मा रक्तदान कार्यक्रम सम्पन्न

धुलिखेल, १० असोजः काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–११ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस धुलिखेल–११ कार्य समितिको आयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला रगतको अभाव नहोस् भन्नका लागि रक्तदान कार्यक्रम गरिएको काँग्रेसका सकृय कार्यकर्ता नारायण प्रसाद धितालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

यसैबीच वडा नम्बर ११ मै काँग्रेसले युवा विद्यार्थीहरुलाई खेलकुद र पात्लेखेत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री पनि विरतण गरेको छ । युवा विद्यार्थीहरुलाई निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा (ख) का सभापति रमेश हुमागाईले खेलकुदको सामग्री वितरण गर्नुभएको हो ।

काँग्रेसले २ वटा भलिबल, २ वटा ब्याडमिन्टन वितरण गरेको छ । त्यस्तै पात्लेखेत स्वास्थ्य चौकीका लागि २ सय थान मास्क र ५ थान पीपीई हस्तारण गरिएको छ । पीपीई र माक्स वडा नम्बर–११ काँग्रेसका सह–सचिव सुरज तिमल्सिनाले सहयोग गर्नुभएको हो ।

7225
Shares

ट्रेन्डिङ