सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुरक्षित ढंगले अध्यापन गराउन तयार छौ

सुरक्षित ढंगले अध्यापन गराउन तयार छौ

15405
Shares
सुरक्षित ढंगले अध्यापन गराउन तयार छौ

० आफ्नो विद्यालयको बारेमा केही बताइ दिनुस न ।
हाम्रो विद्यालय साविकको पात्लेखेत गाविसको वडा नं ३ मा प¥थ्र्यो । अहिले भने धुलिखेल नगरपालिकाको वडा नं ११ मा पर्छ । हाम्रो विद्यालयमा कक्षा १२ सम्म नै अध्ययन हुँदै आएको छ । यसको स्थापना २०१९ सालमा भएको हो । अहिले हामी गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेमा नै केन्द्रित छौँ ।

० विद्यार्थी कति छन् ?
तहगत रूपमा भन्नुपर्दा हाम्रो विद्यालयको कक्षा १२ मा ३१ जना विद्यार्थी हुनुहुन्छ । परीक्षा हुन बाँकी भयो । ११ मा २१ जना हुनुहुन्छ । कक्षा १० मा २७ जना, ९ मा २८ र ८ कक्षा भन्दा तल चाहीँ २० जना भन्दा कम नै हुनुहुन्छ ।

० अहिले कोरोना भाइरसको महामारीको कारण विद्यालय सञ्चालन गर्न समस्या छ हगि ?
हाम्रो विद्यालयको अहिलेको अवस्थाको कुरा गर्नुपर्दा सरकारले चैतको ५ गते सम्ममा परीक्षा सक्काउनु भन्ने निर्देशन हामीले पनि पालना गरेका थियौँ । हाम्रो धुलिखेल नगरपालिकाले ७ गते सम्ममा परीक्षा सक्ने परिक्षा तालिका बनायो । हामीले त्यही अनुसार ७ गते सम्ममा सक्कायौँ । त्यसपछि अघिल्लो शैक्षिक शत्र सक्कियो । त्यसपछि पुरै मुलुक नै लकडाउनमा प¥यो ।

त्यो बीचमा पनि हामीले नतिजा प्रकाशन गर्ने, थोरै थोरै विद्यार्थी भर्ना गर्ने काम र पाठ्यपुस्तक वितरणको काम ग¥यौँ । त्यसैबेला नेपाल सरकाले बनाएको निर्देशिका बैकल्पिक कक्षा सञ्चालनको विषयमा रहेर सरकारको निर्देशन अनुसार टोल शिकाई केन्द्रको स्थापना ग¥यौँ । त्यो बेलामा हामीले जम्मा ६ वटा टोल सिकाई केन्द्रको स्थापना गरेका थियौँ ।

हामीले विद्यार्थीको टोलमा गएर असार र साउनमा पढायौँ । त्यसपछि साउनको अन्तिममा नगरपालिकाले नै भदौको २९ गते सम्म हामीले शिक्षाको लागि मात्र नभएर अरू पनि केही काम गरेनौँ । किनभने त्यो समयमा कोरोना भाइरसका संक्रमित बढ्दो मात्रामा थिए ।

सुरूवातको चरण भएकाले हामी सबै डरायौँ । त्यसपछि फेरी केही समय रेडियो शिक्षा कार्यक्रम पनि चल्यो तर त्यो खासै प्रभावकारी नभएका कारण अहिले असोज १ गतेदेखि लागू हुने गरी नेपाल सरकारकै निर्देशिका र नगरपालिकाको शिक्षा समिति तथा विद्यालय परिवार मिलेर पढाई सुरूवात गर्न तर्फ लागेका छौँ । अहिले बालबालिकाको पढाइमा निकै नकरात्मक असर परिरहेको छ ।

जस्तो अरू विद्यालयहरूमा जस्तै नै हो । खासमा हाम्रो विद्यालय राजमार्गकै छेउमा भएको कारण पनि अलि धेरै समस्या छ । अब अहिले चाहीँ सानो संख्यामा भए पनि विद्यालयमा नै पढाउने तयारी गरिरहेका छौँ ।

० कोरोनाको महामारी बीचमा पनि पढाई हुन्छ ?
सरकारले नै निर्देशिका जारी गरेको हुँदा पनि हामीले यो निर्णय लिएका हौँ । त्यो निर्देशिकालाई नै हेर्ने हो भने पनि दफा ११ मा प्रत्यक्ष माध्यमबाट पनि सिकाई सहजिकरण गर्न सकिने भनेर उल्लेख गरेको छ । नगरपालिकाले पनि पढाउन सकिने ठाउँहरूमा गर्नु भनेर ठाउँ तोकिदिएको छ र हामी विद्यार्थीलाई प्रत्यक्ष रूपमा नै पढाउने तयारीमा लागेको छौँ ।

० विद्यालय खोल्ने तयारीमा त लाग्नु भएको छ तर स्वास्थ्य सुरक्षाका मापदण्डहरू चाहीँ के–के र कसरी पालना गर्ने तयारीमा हुनुहुन्छ त ?
यसको लागि पनि हामी तयारी गर्दैछौं । विद्यार्थीलाई विद्यालयमा प्रवेश गर्नु अघि गेटमा नै साबुन पानिले हात धुने व्यवस्था गर्ने तयारीमा छौँ । प्रत्येक दिन ज्वरो नाप्ने व्यवस्था पनि गर्दैछौं । मास्क अनिवार्य पनि गर्नेछौं । त्यसैगरी फेस सिलको पनि व्यवस्था पनि गर्ने तयारीमा छौँ ।

आज भोलीमा नै यी सबै सामग्री आइपुग्नेछ । कम्तिमा पनि ३० देखि ४० जनासम्म अट्ने कोठा छ हाम्रोमा हामी १० देखि १२ जनासम्म मात्र विद्यार्थी राखेर पढाउने छौँ । अहिले हाम्रो तयारी लगभग पुरा हुने चरणमा छ । सुरक्षित ढंगले अध्यापन गराउन तयार छौँ ।

० यो महामारीको समयमा विद्यालय सञ्चालनार्थ अन्य निकायबाट सहयोग छ ?
यसमा के छ भने नगरपालिकाले पनि सहयोग गर्ने भनेको छ । नगरपालिकाले गर्ने सहयोग अलि पछि मात्र भएको हुँदा वडा कार्यालयले चाहीं मास्क, साबुन र फेस सिलको पनि व्यवस्था गर्ने भनेको छ । जे होस् वडाको चाहीं निकै सहयोग हुने भएको हुँदा पनि हामीले यसको लागि आँट गरेका हौँ । अरू निकायसँग त खासै कुरा भएको छैन ।

० भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम कसरी गर्नुभयो ?
पुराना विद्यार्थीको भर्ना गर्ने काम हामीले सक्काएका छौँ । यो चाहीँ हामीले गत वर्षको विद्यार्थी विवरणको आधारमा गरेका हौँ । त्यसैगरी हामीले पाठ्यपुस्तक वितरण गर्ने काम पनि लगभग सक्काएका छौँ । तर नयाँ भर्ना हुन आउने विद्यार्थीको लागि भने भर्ना गर्ने काम अलि ढिलाइ नै भएको छ ।

किनभने हामीसँग उहाँहरूको सबै विवरण पनि छैन । यो पनि अब छिट्टै नै सक्काउने तयारीमा छौँ । सरकारले असोज १ गते देखी मात्र भर्नाको लागि निर्देशिका जारी गरेको हुँदा भर्नादर बढ्ने क्रममा नै रहेको छ । यो वर्षको भर्नादर राम्रो नै होला जस्तो छ । अझै हामी यसलाई निरन्तरता दिंदै छौं । नयाँ विद्यार्थी बढ्नेक्रम पनि जारी नै छ । हामी यसको लागि अझै राम्रो कसरी बनाउने भन्ने तयारीमा नै छौँ ।

० विद्यार्थी र अभिभावकबाट कस्तो खालको प्रतिक्रिया आएको छ ?
उहाँहरूले विभिन्न खालको प्रतिक्रिया आइरहेको छ । पहिले २ महिना हामीले टोल सिकाई केन्द्रमा गएर पढाउँदा २ दिनको फरकमा पढाउने गरेका थियौँ । उहाँहरूले ३ दिन पढाउन पाए हुन्थ्यो भन्ने कुरा गर्नुहुन्थ्यो ।

अहिले पनि हामीले प्रत्यक्ष रूपमा पढाउने कुरामा उहाँहरूको पनि सुझाव मागेका थियौं उहाँहरूले यसमा पनि हामी सुरक्षाका मापदण्ड पु¥याएर बालबालिकाहरू पठाउँछौ । थप गर्नुपर्नेमा तपाईहरू पनि लाग्नुपर्छ । यसमा सहयोग गर्नुहोला भन्ने कुरा गर्नुभएको छ । उहाँहरूले पनि विद्यालयमा नै प्रत्यक्ष रूपमा पढाउनको लागि लिखित रूपमा नै सहमत हुनुभएको छ ।

० अहिले तत्काल कोरोना भाइरसको महामारीमा दुर शिक्षा र भर्चुअल कक्षाको अवधारणा जस्ता कुरालाई प्रयोगमा पो ल्याउने हो की ?
हामीले यसको लागि पनि प्रयास नगरेका होइनौँ । नगरपालिकाले नै रेडियो शिक्षा कार्यक्रम पनि चलाएको थियो । यसमा बनेपा नगरपालिकाले पनि समन्वय पनि गरेको थियो । सञ्चार माध्यमबाट पढाउँदा कसरी गर्ने भनेर हामीले विद्यार्थी वर्गिकरण पनि गरेका थियौँ ।

यसमा समस्या के भयो भने सबैको घरमा पुरानो मोडेलको रेडियो नहुने तर सबैको घरमा मोबाइल हुने त्यसो हुँदा सबै जना सञ्चारको पहुँचमा छन् भन्ने बुझिने रहेछ । वास्तबमा त्यसमा गहिरिएर हेर्ने हो भने त्यहाँ एउटै घरका ३-४ जना विद्यार्थी पढ्ने हुने तर मोबाइल एउटा हुने । डाटा लिएर पढ्ने सम्भावना पनि हुँदैन ।

त्यसकारण हाम्रोमा अलि समस्या नै भयो । खासै प्रभावकारी पनि भएन । त्यो भएकाले हामीले थोरै संख्यामा भए पनि विद्यार्थीलाई बोलाएर प्रत्यक्ष रूपमा नै पढाउने निर्णय गरेका हौँ । अहिले हामीले तत्काल अरू विकल्प खोजेका छैनौँ । अब प्रत्यक्ष पढाउँदा नतिजा कस्तो आउँदो रहेछ हेरौँ । त्यस पछि अरू सोचौँला भन्नेमा छौँ हामी ।

० नगरपालिकाबाट केही तयारी भएको छ ? नगरपालिकाले के कुरामा सहजिकरण गरिदियो भने यो अवस्थामा पनि विद्यार्थीहरूलाई पठनपाठन गराउन सकिन्थ्यो ?
नगरपालिकाले पनि र हामीले पनि गरेको निर्णय भनेको प्रत्यक्ष रूपमा पढाउँदा धेरै नै समस्या भयो भने हामी अरू विकल्प खोज्छौँ । नगरपालिकाले पनि हाललाई अरू केही विकल्प खोजेको छैन । जस्तो शिक्षकहरूलाई चाहीँ वैकल्पिक शिक्षाको बारेमा तालिम दिए हुन्थ्यो भन्ने लागिरहेको छ । अरू विधिहरूका बारेमा पनि नगरपालिकाले समयमा नै सोच्यो भने धेरे नै राम्रो हुने थियो ।

० सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयतर्फ अभिभावकको रूची बढेको छ भन्छन् नी ?

प्रायः मानिसको दिमागमा के छ भने मानिसहरूको आर्थिक अवस्था अलि राम्रा हँुदै गए पनि नीजि विद्यालयमा नै पढाउनुपर्छ भन्ने सोच आउँदो रहेछ । फेरी सरकारीमा खासै पैसा पनि नआउने नीजिमा त पैसा तिर्नु पर्ने ।

अनि पैसा तिरे पछि पढाई राम्रो हुन्छ भन्ने सबैको मानसिकतामा नै त्यही छ । तर, यो वर्षदेखि सामुदायिक विद्यालयमा भर्ना दर राम्रो हुन्छ कि भन्ने लागिरहेको छ । किनभने नीजि विद्यालयका विद्यार्थीहरू सामुदायिक जस्तो समुदाय स्तरमा हँुदैन । सहर क्षेत्रमा हुन्छ । त्यो भएको हँुदा यातायातको पनि समस्या हुन सक्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दा नीजि विद्यालयलाई पनि गरो हुन सक्छ ।

यो बाहेक अलि बुझाईको पनि भएको हो । कसले कस्तो शिक्षा पायो भन्दा पनि अंकलाई बढी हेरिन्छ । अंक हेरेपछि गुणस्तर खस्केको पनि पत्तो हँुदैन । अहिलेसम्मको सरकारी जागिरको कुराहरूलाई हेर्ने हो भने पनि सामुदायिक विद्यालयमा बढ्दो आकर्षण पनि देखिन्छ । ठूला ठूला सरकारी कार्यालयमा पनि सामुदायिक विद्यालयमा पढेकाहरू नै धेरै छन्।

० अभिभावकको लागि सन्तुष्टि कसरी प्रदान गरिरहनु भएको छ ?
उहाँहरू सन्तुष्ट नै हुनुहुन्छ । हामीलाई अहिले सम्म नकरात्मक टिप्पणी त आएको छैन । तर आयो भने पनि हामी अभिभावक तथा विद्यार्थीलाई कसरी सन्तुष्ट पर्ने भन्नेमा नै लाग्ने छौँ । यसमा हामी प्रतिबद्ध छौँ ।

० भवन, खेल मैदान आदिको अवस्था के छ ?
भौतिक संरचनाको कुरामा हामी अलि पछाडी नै छौँ । हामीले अहिले ८ कोठाको नयाँ भवन पनि बनाएका छौँ तर समस्या कस्तो भयो भने प्राविधिक कारणबस हामीले १० कोठे भवन भत्काउनु परेको थियो । त्यसमा पनि २ कोठा घट्यो । त्यो भवन पुरानो भएको कारण पनि हामी नयाँ बनाउन बाध्य पनि भयौँ । हाम्रो ६ रोपनी बराबरीको मात्र जमिन छ । नगरपालिकामा पनि हामीले कुरा गरेका छौँ ।

त्यहाँबाट पनि हामीलाई केही भवन बनाउन पुग्ने जमिन उपलब्ध गराउने भन्ने कुरा छ । त्यती मात्र भयो भने पनि हामीलाई धेरै नै सहज हुने थियो । अहिलेको अवस्थामा हेर्ने हो भने संरचनाको कुरामा हामी अलि पछाडी नै छौँ ।

० अन्त्यमा ?
हाम्रो ठाउँ सुन्दा सुगम भए पनि ग्रामिण भेग पनि भएको हुँदा विविध कामको लागि समस्या नै भएको छ । आमसञ्चार तथा नागरिक समाजका मानिसहरूले हाम्रो विद्यालय प्रत्यक्ष रूपमा बेला बेला अनुगमन गर्नुभयो भने हामीलाई केही सहयोग हुन्थ्यो कि ।

साभार :बेथान्चोक साप्ताहिक

15405
Shares

ट्रेन्डिङ