सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

7110
Shares
काभ्रेमा हत्या आरोपमा एकजना पक्राउ

काभ्रे, कात्तिक २३ : काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्रहार गरी हत्या गर्ने सन्तोष नेपाली पक्राउ परेका छन् । शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर नेपालीबीच जग्गाको विषयमा विवाद बढ्दै जांदा सार्कीले नेपालीलाई बञ्चरो प्रहार गरी सख्त घाइते बनाएका थिए ।

नेपाली घाईते भइपछि उनका छोरा सन्तोषले सार्कीलाई पछाडीबाट ढुंङ्गाले टाउकोमा हानेर गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।
घाईते सार्कीलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

यस्तै घाईते नेपालीको काठमाडौंमा उपचार भैरहेको छ । सन्तोष नेपालीलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

7110
Shares

ट्रेन्डिङ