सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • धुलिखेलको ठुलो वनमा अपाङ्गमैत्री ‘इको ट्रेल’ र दुईवटा वडा ‘पुरात्वतिक शहर’ बनाइने

धुलिखेलको ठुलो वनमा अपाङ्गमैत्री ‘इको ट्रेल’ र दुईवटा वडा ‘पुरात्वतिक शहर’ बनाइने

8075
Shares
धुलिखेलको ठुलो वनमा अपाङ्गमैत्री ‘इको ट्रेल’ र दुईवटा वडा ‘पुरात्वतिक शहर’ बनाइने

काभ्रे: काभ्रेको धुलिखेल नगरपालिका स्थित ठूलो वनमा अपांगमैत्री इको ट्रेल निर्माणको काम अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा इको ट्रेल र दुईवटा वडालाई पुरात्वतिक शहरका रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि काम अघि बढ्ने भएको हो ।

बागमती प्रदेश सरकारको प्रविधिक टोलीले इको ट्रेल र पुरात्वतिक शहरका बारे लागत सहित तयार पारेको प्रतिवेदन नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई सोमबार बुझाएको छ । प्रतिवेदनकै आधारमा चालु आर्थिक वर्षबाटै निर्माणको काम थालिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिनुभयो ।

यस्तो हुने छ इको ट्रेल
इको ट्रेल हजार सिँढीबाट सुरु भएर चौकोट स्थित काठमाण्डौ विश्वविद्यालय रहेको ठाउँसम्म पुग्ने छ । जसलको लम्बाई ४ किलो मिटर लामो हुने छ । जुन ट्रेलमा अपांगता भएका ब्यक्तिहरु ह्वील चियर सहित सवार गर्न पाउनेछन् । ट्रेल कम्तीमा दुई वटा ह्वील चियर सजिलै आवात जावात गर्न सक्ने हुनेछन् ।

नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईका अनुसार दायाँबायाँ बाँसको रेलिङ राखिने डीपीआरमा उल्लेख छ । त्यस्तै विभिन्न ठाउँमा झरना रहने छ । ४ किलो मिटर लम्बाईमा दुई ठाउँमा झोलुङ्गे पुल रहनेछ ।

त्यस्तै इको ट्रेलमा १ वटा पोखरी पनि हुनेछ । त्यस्तै विश्राम स्थल र फिटनेश पार्क पनि अपांग मैत्री नै हुने डीपीआरमा भनिएको छ । बागमती प्रदेश सरकारले नेपालकै नमुना इको ट्रेलका रुपमा विकास गर्ने गरी डीपीआर तयार गरेर नगरपालिकालाई हस्तान्तरण गरेको इन्जिनियर हुमागाईले जानकारी दिनुभयो ।

डीपीआरमा इको ट्रेल निर्माणका लागि साढे २ करोड प्रस्ताव गरिएको छ । त्यस्तै दुई वर्षभित्र सकिने भनिएको छ ।

दुई वडा पुरात्वतिक शहर
बागमति प्रदेश सरकारले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा दुई वटा वडालाई पुरात्वतिक शहरको रुपमा विकास गरिने भनिएको छ । जसमा धुलिखेलको पुरानो बजारलाई समेटिएको छ । वडा नम्बर ६ र ७ लाई पुरात्वतिक शहरका रुप विकास गर्ने गरी डीपीआर तयार भएको इन्जिनियर हरेराम हुमागाईले बताउनुभयो ।

यी दुई वडाका खास गरी पुराना घरलाई पुरानै शैलीमा मर्मतसम्भार गरी होम स्ट्रे सञ्चालन गर्ने गरी परियोजना तयार गरिएको छ । त्यस्तै नयाँ बनेका घरहरुलाई पनि सकेसम्म पुरानै आकार दिइनेछ । लगभग परियोजना अनुसार काम अघि बढ्यो भने अबको दुई वर्षपछि धुलिखेका यी दुई वडा बन्दीपुर र भक्तपुरका भित्र भागमा रहेका माैलिकता झल्काउने शहर जस्तै देखिनेछ ।

इको ट्रेल र पुरात्वतिक शहर निर्माणको काम प्रदेश सरकार र धुलिखेल नगरपालिकाले संयुक्त रुपमा अघि बढाउनेछन् । यसमा धेरै खर्च लाग्ने भएकाले संघ सरकार र विभिन्न दातृ निकायहरुको सहयोगमा सम्पन्न गर्ने गरी काम अघि बढेको इन्जिनियर हुमागाईले बताउनुभयो ।

8075
Shares

ट्रेन्डिङ