सबैको समाचार
मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

4890
Shares
धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल : धुलिखेल नगरपालिकाका सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो ।

यसैक्रममा नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा र सिर्जनशिल समाज नेपालको सहजीकरणमा वडालाई बालमैत्री घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

यो तालिम नगरपालिकाको वड नं ९ बाहेक बाँकी ११ वटै वडामा सम्पन्न भइसकेको छ । भोलीदेखी वडा नं ९ मा पनि यस तालिमको सुरुवात हुने भएको छ । अहिले सम्म नगरपालिकाको ६ वटा वडा बालमैत्री घोषणा भइसकेको छ ।

4890
Shares

ट्रेन्डिङ