सबैको समाचार
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कोरोना संक्रमणका कारण काभ्रेमा थप दुई जनाको ज्यान गयो,उपचार पछि आज २२ जना डिस्चार्ज

कोरोना संक्रमणका कारण काभ्रेमा थप दुई जनाको ज्यान गयो,उपचार पछि आज २२ जना डिस्चार्ज

थप ५ जनामा संक्रमण पुष्टि

4025
Shares
कोरोना संक्रमणका कारण काभ्रेमा थप दुई जनाको ज्यान गयो,उपचार पछि आज २२ जना डिस्चार्ज

काभ्रे : कोरोना भाईरसको संक्रमणका कारण जिल्लामा थप दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा काभ्रेको बनेपाका ७४ वर्षीय पुरुष र सिन्धुपाल्चोक जिल्लाका ९३ वर्षका पुरुष छन् । बनेपाका ७४ वर्षीय पुरुषको हिजो धुलिखेल अस्पतालमा ज्यान गएको हो भने सन्धुपाल्चोका पुरुषमा मंसिर २३ गते भाईरसको संक्रमण पुष्टि भएको थियो ।

ति पुरुषको आज धुलिखेल अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा भाईरसका कारण ५७ जनाको ज्यान गइसकेको छ । उनीहरु मध्ये २९ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् । जिल्लाका भाईरस संक्रमित मध्ये उपचार पछि निकोे भएर आज २२ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा निकोे हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

यसैगरी आज जिल्लामा ५ जनामा संक्रमण पुष्टि भएको छ । बनेपाका १ जना महिला र २ जना पुरुष,धुलिखेल नगरपालिकाका १ जना महिला र पाँचखालका १ जना महिलामा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ५१ पुगेको छ । जिल्लामा ९७ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १३ जना अस्पताल आइसोलेसनमा छन् भने ८४ जना होम आइसोलेसनमा छन् ।

4025
Shares

ट्रेन्डिङ