सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गायक बिसीको ‘सुख-दुःख’ गीत सार्वजनिक (भिडियो)

गायक बिसीको ‘सुख-दुःख’ गीत सार्वजनिक (भिडियो)

8420
Shares

काठमाडौं, पुस १४ : गायक बिशाल बिसीको ‘सुख-दुःख’ गीत सार्वजनिक भएको छ । विभिन्न स्वाद र शैलीका गीत गायनमा रुची राख्ने गायक विशालले यसपटक भने आधुनिक स्वादमा आफ्नो सुमधुर स्वर ‘सुख-दुःख’ गीत मार्फत दर्शक श्रोता समक्ष पस्केका छन् ।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा बिशाल बिसीलाइ सोनीका लामाले आवाजमा साथ दिएकी छिन् । सागर प्रधानको शब्द र संगीत रहेको गीतलाई महेशबिक्रम पाण्डेले अरेन्ज र मिक्सिंग गरेका हुन् ।

‘सुख-दुःख’ बोलको गीतको भिडियोमा बिकाश पुन मगर र नर्बदा लकान्द्रीको सुन्दर अभिनय रहेको छ । मदन खड्काको निर्देशन रहेको भिडियोलाइ बिरेन्द्र भट्टले सुन्दर तरिकाले छायांकन गरेका छन् । पुनम अडियो भिडियोको प्रस्तुतिमा रहेको गीतको भिडियोलाई महेशबिक्रम पाण्डेले सम्पादन गरेका हुन् ।

8420
Shares

ट्रेन्डिङ