सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • पौडेल चिकित्सा पुरस्कारबाट ३ स्वास्थ्यकर्मी पुरस्कृत हुने

पौडेल चिकित्सा पुरस्कारबाट ३ स्वास्थ्यकर्मी पुरस्कृत हुने

5670
Shares
पौडेल चिकित्सा पुरस्कारबाट ३ स्वास्थ्यकर्मी पुरस्कृत हुने

बाग्लुङ, पुस २८ः डा.तरुण पौडेल चिकित्सा कोषबाट ३ स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् ।

लामो समय स्वास्थ्य सेवामा समर्पित डा. पौडेलले स्थापना गरेका कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्व कार्यरत डा. प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो ।

डा. तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरिी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिए । कोरोना कहरमा निरन्तर स्वास्थ्य सेवामा अविचलित भई सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पुरस्कार र धौलागिरि अस्पतालको चुस्त व्यवस्थापन गर्न सफल अस्पतालका अध्यक्ष केबीरानालाई सम्मान गर्न लागिएको हो ।

पुरस्कृत र सम्मानित ४ जनालाई आगामी माघ महिनाको अन्तिम हप्ता नगद १५–१५ हजार रुपैयाँसहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ । धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्यरत डा. पौडेलले विक्रम संवत् २०७० सालमा कोषको स्थापना गरेका थिए ।

कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ । रासस

 

5670
Shares

ट्रेन्डिङ