सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल ११ स्थित थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन निमार्ण हुदै

धुलिखेल ११ स्थित थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन निमार्ण हुदै

8370
Shares
धुलिखेल ११ स्थित थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन निमार्ण हुदै

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ फस्कोट चिसापानीमा रहेको थुछेछे छोर्ङानको नयाँ गुम्बा भवन निमार्ण हुने भएको छ ।

गुम्बा निमार्णका लागी सिन्धुपाल्चोकका लामा गुरु सिंगे बहादुर लामाले ४४ लाख रुपौंया आर्थिक सहयोग गर्नुभएको थुछेछे छोर्ङान गुम्बाका संस्थापक भिम बाहदुर तामाङले बताउनुभयो ।

गुम्बा निमार्णका लागी आज नगर प्रमुख अशोक कुमार व्यञ्जुले शिलान्यास गर्नुभएको हो । साथै निमार्ण स्थलामा गुरु नाम्गेल लामा,दानविर सिंह लामा लगायतका गुरुहरुबाट विधिवत रूपमा पुजापाठ गरि सालाङ (भुमि पुजा) समेत गरिएको छ । गुम्बाका संस्थापक तामाङका अनुसार अब निमार्ण हुने गुम्बा ३० फिट लम्बाई र ३० फिट चौडाईको हुने छ ।

यस्तै गुम्बा प्रवेशद्धार,ध्यान केन्द्र,लामा घर,स्तुपा वरीपरी एक सय ८ ओटा म्हाने तथा तामाङ संग्राहलय समेत निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो । गुम्बा निमार्णको कामलाई पुर्णता दिन वडा तथा नगरपालिका समेत लागी परेको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । उहाँका अनुसार गुम्बा निमार्णका लागी हाल नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ ।

8370
Shares

ट्रेन्डिङ