सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित

6600
Shares
बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित

एजेन्सी । करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।

शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।

रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिलियन स्टार कासमिरो र इडेन हजार्डले एकएक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दूरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

 

6600
Shares

ट्रेन्डिङ