सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • दुई साता पछि सारियो ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव

दुई साता पछि सारियो ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव

4795
Shares
दुई साता पछि सारियो ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ ।

यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन् ।

माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेब्रुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो ।

राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन् ।

बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ । उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन् । उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ ।

गत जनवरी ६ मा संसद भवनमा आफ्ना समर्थकलाई हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पविरूद्ध पेस भएको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ । अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव आउने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

यसैबीच केही रिपब्लिकन सिनेटरले ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव पारित भए आफूहरूले पनि यसअघि एक पटक महाअभियोग लागेका डेमोक्र्याट राष्ट्रपतिविरूद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले दुई वर्षपछि तल्लो सदनमा आफूहरूले बहुमत ल्याए पहिलाका डेमोक्र्याट राष्ट्रपतिहरूविरुद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने बताएका हुन् ।

 

4795
Shares

ट्रेन्डिङ