सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • टोटेनहम एफए कपको पाँचौँ चरणमा

टोटेनहम एफए कपको पाँचौँ चरणमा

6240
Shares
टोटेनहम एफए कपको पाँचौँ चरणमा

एजेन्सी । टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४–१ ले पराजित गर्दै टोटेनहमले पाँचौँ चरणमा स्थान पक्का गरेको हो ।

वान्डरसको मैदानमा एक गोलले पछि परे पनि टोटेनहमले पुनरागमन जित निकालेको हो । खेलको २५औँ मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४५औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

८६औँ मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २१ को अग्रता दिलाए । ८७औँ मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३–१ को अग्रता दिलाए ।

९०औँ मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को सहज जित दिलाए । टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।

6240
Shares

ट्रेन्डिङ