सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चीन र अमेरिकाद्धारा दक्षिणी सागरमा आ-आफ्नै दावी, सैन्य अभ्यास जारी

चीन र अमेरिकाद्धारा दक्षिणी सागरमा आ-आफ्नै दावी, सैन्य अभ्यास जारी

6535
Shares
चीन र अमेरिकाद्धारा दक्षिणी सागरमा आ-आफ्नै दावी, सैन्य अभ्यास जारी

काठमाडौं :चीनले दक्षिणी सागरमा सैन्य अभ्यास जारी राख्ने स्पष्ट पारेको छ । अमेरिकी विमान बाहक समूहले सो समुद्री सागरमा यात्रा गरेको उजुरी परेलगत्तै चीनले सैन्य अभ्यास जारी राख्ने जनाएको हो ।

चीनको समुद्री सुरक्षा प्रशासनले जारी गरेको सूचनामा यही जनवरी ३० सम्म दक्षिण पश्चिम चीनको लिजौ प्रायद्वीपको पश्चिमतर्फको केही भागमा प्रवेशमा रोक लगाएको थियो । तर सो क्षेत्रमा सञ्चालन हुने सैन्य अभ्यासका बारेमा यसअघि खुलाइएको थिएन ।

अमेरिकी सेनाको टोलीले दक्षिणी चीनको सागरमा समुद्री स्वतन्त्रता बढाउन जल यात्रा गरेको चीनले जनाएको छ । राष्ट्रपति जो बाइडेनले पद सम्हाले लगत्तै अमेरिकी सेनाले सो क्षेत्रमा अनधिकृत रुपमा प्रवेश गरेको चीनको आरोप छ ।

चीनले भने आफ्नो ऐतिहासिक सीमाक्षेत्रको आधारमा समुद्रमाथिको सार्वभौमिकता आफ्नो रहेको दावी गर्दै आएको छ । चीनले आफ्नो तटमा गार्ड सुरक्षा दस्ता र समुद्री मिलिसियालाई तैनाथ गरेको जनाएको छ । सो क्षेत्रमा भियतनाम, मलेसिया, ताइवान, फिलिपिन्स र ब्रुनाइलगायतले पनि दावी गरेका छन् । एजेन्सी

6535
Shares

ट्रेन्डिङ